नुवाकाेटमा जाेखिम पूर्ण रूपमा पठनपाठन गर्दै विद्यार्थी, अस्थायी संरचना बनाउने तयारी

Share Icon

१३ बैशाख ,काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ सेम्राङमा रहेकाे श्री निर्गुभुमे आधारभूत विद्यालय भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माण नहुँदा बालबालिका जाेखिम पूर्ण रूपमा पठनपाठन गरिरहेका छन् ।

०७२ सालको भूकम्पले सो विद्यालयको भवन भत्काएपछि त्यसयता बालबालिका जाेखिम पूर्ण रूपमा पठनपाठन गरिरहेका हुन्। भवन पुनर्निर्माण गर्न नमिल्ने अवस्थामा छ ।  विद्यार्थीहरू  भने जाेखिम पूर्ण रूपमा  कक्षा काेठामा नै बसेर पढ्न बाध्य भएकाे वडा अध्यक्ष राजकुमार तामाङ (रन्जित) ले बताउनुभयाे ।

विद्यार्थीहरूलाई पाेसाक वितरण गर्ने क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष तमाङले भवन पुनर्निर्माण नमिल्ने हुँदा अस्थायी जग्गाकाे खाेजी गरिएकाे बताउनु भयाे । उहाँले अस्थायी रूपमा पठनपाठन गराउन विद्यालयदेखि केही पर ऐलानी जग्गाकाे खाेजी गरिएकाे बताउनु भयाे ।

उहाँले स्थानीयवासीहरूकाे सहमतिमा ऐलानी जग्गामा अस्थायी टहरा बनाएर विद्यार्थीहरूलाइ पठनपाठन गराउने याेजना बनाइएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘स्थानीयवासीले बालबालिकाकाे भविष्यकाे लागि ऐलानी जग्गामा अस्थायी टहरा बनाउनु सुझाव दिएका छन्, साेही अनुसार कार्य अगाडि बढाइएकाे छ।’

वडा अध्यक्ष तमाङले गृह मन्त्रालयले विद्यालय वरपर कुनै संरचना निर्माण गर्न उपयुक्त नहुने परिपत्र गरेकाे बताउनु भयाे । साेही अनुसार हामीले विद्यालयभन्दा केही पर ऐलानी जग्गाकाे खाेजी गरिएकाे उहाँले बताउनु भयाे । उहाँले याे विद्यालययमा यही कारणले विद्यालयकाे संख्या पनि घटेकाे जानकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.