Share Icon

२७ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित विगु गाउँपालिका वडा नंं. ८ का हिरा थामी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर विगु गाउँपालिका वडा नं. ८ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ हिरा थामी हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

वडा अध्यक्ष थामीले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”

उहाँले वडामा निर्वाचित भएर आए पछि वडाबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरू स्वास्थ्य कार्यालयको पाले बस्ने घरबाट प्रदान गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभुयो, “हामीले प्रदेश र पालिका अन्तर्गतको वडा कार्यालयको भवन निर्माणको बजेट अनुसार सबै वडाबासीहरुलाई पाएक पर्ने ठाउँमा वडा कार्यालय भवन निर्माण गर्ने योजना बनाएका छौं ।”

पछिल्लो समय वडा नम्बर ८ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडामा शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष थामीले भन्नुभयो, “हामीले वडामा रहेका जेष्ठ नागरिकहरुलाई सहज हुने गरी उहाँहरूले पाउने सामाजिक सुरक्षा भत्ता वडाबाटै प्रदान गर्ने व्यवस्था मिलाएका छौं, र वडाको बजेट अनुसार साठी वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई चामल लगाएत अन्य खाद्यान्नहरु पनि वितरण गर्ने काम सम्पन्न गरेका छौं ।”

उहाँले वडामा खेलकुद, खानेपानी लगाएत सडकहरूमा आवश्यकताअनुसार बजेट विनियोजन गरिएको बताउनुभयो ।

त्यसैगरी उहाँले वार्षिक बजेट अन्तर्गत बनाइएको योजना अनुसार कोलेपामा प्रतिक्षालय बनाउने योजना सम्पन्न भएको जानकारी दिनुभयो ।

अध्यक्ष थामीले भन्नुभयो, “हामीले वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटोहरु निर्माण गर्ने काम सम्पन्न गरेसँगै वडामा रहेका सडकहरू निर्माणका साथै सोलिङ गर्ने काम सम्पन्न गरेका छौं ।”

उहाँले कृषि क्षेत्र अन्तर्गत किसानहरूको सहजताका लागि सिंचाईको लागि वडाबाट बजेट विनियोजन गरिएको बताउनुभयो ।

उहाँले भन्नभयो, “हामीले प्रदेश सरकार सँग माग गरेको बजेटअनुसार वडामा सामाजिक भवन र हाम्रो संस्कृती भुमे पार्क बनाउने योजना बनाएका सँगै निर्माणका लागि प्रक्रिया अगाडि बढाएका छौं ।”

वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउनका लागी विद्यार्थीहरुलाई होमवर्क डायरी वितरण गर्ने काम अध्यक्ष थामीले बताउनुभयो ।

उहाँ निर्वाचित हुनु भन्दा अघि व्यवसाय पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष थामी भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ८ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon