सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष तिमिल्सीना
हस्ता विष्ट
१० फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सीना स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
पछिल्लो समय कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं.१६ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तिमिल्सीना अहोरात्र खटिरहनु भएको छ ।
कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सीना वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ । यो वडा भौगोलिक हिसाबले सबै भन्दा ठुलो वडामा पर्दछ ।
वडा अध्यक्ष तिमिल्सीना भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष तिमिल्सीनाले बताउनुभयोे ।
उहाँले भन्नुभयो , ” सडक बाटोको क्षेत्रमा विशेष जोड दिदै बाटोलाई ढलान गर्ने काम भईरहेको छ । त्यसै गरी ढल निकासाको लागि ढल व्यवस्थापनको काम भईरहेको छ । ”
शिक्षाको क्षेत्रमा वडामा रहेका सामुदायिक विद्यालयमा पुर्वाधार विकास निमार्ण गर्न, गुणस्तरीय शिक्षा कायम गर्न, ग्रामिण क्षेत्रको विद्यालयमा जंगली जनावरको आक्रमण बाट बचाउँन तार जालि लगाउनको लागि वडाबाट विशेष जोड दिएको वडा अध्यक्ष तिमिल्सीनाले जानकारी दिनुभयो ।
स्वास्थ्यको क्षेत्रमा वडामा रहेको स्वास्थ्य चौकीमा फार्मेसी सञ्चालन गरेर स्वास्थ्य सुबिधाहरु उपलब्ध गराउन विशेष जोड दिएको उहाँले जानकारी दिनुभयो ।
त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्ण नपुगेको ग्रामिण क्षेत्रमा सहज रुपमा खानेपानीको पुराउनको लागि उपभोक्ता समिति मार्फत बृहत रुपमा काम भईरहेको उहाँले बताउनुभयो ।
कृषिलाई व्यवसायमय बनाउनको लागि विभिन्न कृषि सम्बन्धि तालिमहरुको व्यवस्था गर्ने, भाडामा रहेको जग्गा सर्वसुलभ शुल्कमा दिने योजनामा रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छौ । वडाको चौतर्फी विकास गर्नको लागि अहोरात्र खटिरहेका छौ । ” वडाको समग्र विकास गर्नको लागि सदैब लागि परिरहेको उहाँले प्रष्ट पार्नुभयो ।
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर १६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







