वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि परेका छौ : अध्यक्ष बोगटी
१५ बैशाख ,काठमाडाैं । साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय नगरपालिका घोषणा : नेपाल सरकार ९मन्त्रिपरिषद० को मिति २०७१र०१र२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा ।
नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट्र वडा संख्या १४ वटा रहेका छन् ।
त्यसमध्यकाे वडा हाे । वडा नम्बर १० जसले अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष ललित बोगटी ।
यो आर्थिक वर्षको बजेटबाट सबै योजना सकेकोे लगभग ७० प्रतिशत काम सकेको तथा २० प्रतिशत बाकी छ चाडै सक्ने बताउनुभयो ।
वडाको मुख्य समस्या भनेको नै खानेपानि रहेको छ । यो समस्या लागायत थुप्रै समस्या रहेका छन् । तर पनि सबै समस्यालाई समाधान गर्न् निरन्तर रूपमा लागी रहेका छौ । वडा अध्यक्ष बोगटीले उल्लेख गर्नुभयो ।
वडा अध्यक्ष बाेगटीले भन्नुभयाे, ‘वडाले योजना बनाउदा हामी टाेल टाेलमा नै जान्छौ । र त्यहाँको वास्तविकता र आवश्यकताका आधारमा हामी बजेट बाडफाड गर्छौ । हाम्रो बजेटले नभ्याएको योजनाको लागि हामीले प्रदेश र संघमा पठाउने गरेका छौ । तर संघ र प्रदेशबाट आउने योजनामा धेरै जसो योजना व्यक्तिगत पहुँचका आधारमा आउने गरेको छ ।’
वडा अध्यक्ष बाेगटीले थप्दै भन्नुभयाे : जनअपेक्षा कहिल्यै पनि घट्दैन, झनै बढ्छ । नेपालमा सबै खाले व्यवस्था गएपछि हामीले चाहेको जस्तो व्यवस्था आएपछि जनताको अपेक्षा सगरमाथा जस्तो अग्लो छ । हाम्रो क्षमताभन्दा बढी मागहरू आकांक्षा छन् । यो स्वाभाविक पनि हो । तर हामीले जनताले अपेक्षा गरेअनुसार गर्न पनि सबै सकेका छैनाै , जनतालाई बुझाउन जरुरी छ । कतिपयले बुझ्नु पनि भा’छ । कतिपय जनअपेक्षा पूरा गर्दा गर्दै पनि गरेको नदेख्ने हुँदो रहेछ । हेर्ने दृष्टिकोणमा खराबी या फरक भएर हुन सक्छ । सकरात्मक रूपमा हेर्दियो भने हामीले गरेको कामहरु सराहनीय छन् । जे जे बोलेका थियौँ त्यही गरेका छौँ ।
वडा अध्यक्ष बाेगटीले भन्नुभयाे, ‘स्वास्थ्य,शिक्षा, बाटो सडक, कृषि, सिचाई, विजुल्लि बत्ति तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौं ।
त्यस्तै शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर सुधारको लागि शिक्षकलाई प्रोत्साहन बापत विभिन्न कार्यक्रमहरु राखेका छौ । स्वास्थ्यलाई बिशेष प्राथमिकतामा राखेर काम गरिरहका छाै । वडामामा स्वास्थ्य क्षेत्रमा बिशेष सेवा सुवाधा बढाएकाे छाै । वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि परेका छौ ।’
साफेवगर नगरपालीका १० नं. वडा कार्यालयको आर्थिक सहयोग, वयालपाटा हस्पिटलको प्राविधीक सहयोग र घुघुरकोट स्वास्थ्य चौकीको आयोजनमा१७ जना गर्भवती महिलाको सामुहीक गर्भ जाँच सम्पन्न भएको छ वडा अध्यक्ष बाेगटीले बताउनुभयो
कतिपय कुरा हामीले सहज बनाउन चाहे पनि जस्तै वडाका सेवा सुविधा दिने विषयमै सरभर लगाएत काम गर्दा गर्दाै पनि चुकेका छाै हालाे आगामी दिनमा सुधारेर अगाडी बढ्ने प्रतिबद्धता गर्छाै भनेर वडा अध्यक्ष बाेगटीले उल्लेख गर्नुभयाे ।
वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो रु भनेर सोधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण १०नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।








