Share Icon

१५ बैशाख, काठमाडाैं ।  साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय नगरपालिका घोषणा : नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१र०१र२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा ।

नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट्र वडा संख्या १४ वटा रहेका छन् ।

साँफेबगर नगरपालिकास्थित वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष कुल बाहदुर कुँवर।

याे आर्थिक वर्षको बजेटबाट सबै योजना सकेकोे लगभग ७० प्रतिशत काम सकेको तथा २० प्रतिशत बाकी छ चाडै सक्ने बताउनुभयो ।

वडाकाे मुख्य समस्या भनेकाे नै खानेपानि रहेकाे छ । याे समस्या लागायत थुप्रै समस्या रहेका छन् । तर पनि सबै समस्यालाई समाधान गर्न् निरन्तर रूपमा लागी रहेका छाै । वडा अध्यक्ष कुवँरले  उल्लेख गर्नुभयाे ।

वडा अध्यक्ष कुल बाहदुर कुँवर निरन्तर रुपमा समाज सेवा तथा कृर्षिमा लागी रहनुभएको थियाे वडा अध्यक्षमा निर्वाचन हुन भन्दा पहिला ।

साँफेबगर नगरपालिका ३ नम्बर वडामा २०७९ को स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा कुल बाहदुर कुँवर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ।

पछिल्लो समय वडा नम्बर ३  का वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कुल बाहदुर कुँवरले जानकारी दिनुभयो । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुुभयो, ‘स्वास्थ्य,शिक्षा, बाटो सडक, कृषि, सिचाई, विजुल्लि बत्ति तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौं ।

त्यस्तै शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर सुधारको लागि निजि क्षेत्रका विद्यालयका शिक्षकलाई प्रोत्साहन बापत विभिन्न कार्यक्रमहरु राखेका छौ ।’

उहाँले भन्नुभयो, ‘वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी निरन्तर लागि परिरहेका छौ । वडाको चौचर्फी विकासको लागि हामी सदैब लागि परेका छौ ।’

वडाको मुख्य समस्या भनेको सिचाई रहेको जानकारी दिनुभयो । अबका दिनमा यो सिचाईको समस्या समाधान गर्न लागी रहेको जानकारी दिनुभयो ।

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ३ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon