लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले लिए शपथ

Share Icon

उमेश दलामी

१५ बैशाख, बाके । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम शपथ खुवाएका हुन् ।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री लीला गिरीसहित गठबन्धन दलका नेता–कार्यकर्ता सहभागी थिए। सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा तीन मन्त्रीले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिने भएका छन् ।

मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.