Share Icon

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष अमृत खत्रीले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । वडा अध्यक्ष खत्रीले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित मार्फत सो रकमको चेक सोमबार भूकम्प पीडितलाई उपलब्ध गराउनु भएको हो ।

वडा अध्यक्ष खत्रीले गत वर्ष स्थानीय तहको निर्वाचन मार्फत आफू वडा अध्यक्षमा निर्वाचित भएर कार्यभार सम्हालेदेखि अहिलेसम्म आफूले प्राप्त गरेको तलव भत्ता वापतको रकम भूकम्प पीडितलाई सहयोग स्वरुप उपलब्ध गराउनु भएको हो ।

वडा अध्यक्ष खत्रीले आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु बिपत्तीमा परेका र यो दुःखद् परिस्थितिमा हामी सबै नेपाली हातेमालो तथा सहयोगका लागि तयार हुनुपर्छ भनेर सो आर्थिक सहयोग गरेको बताउनुभयो ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र पश्चि रुकुममा गरी १५३ जनाको मृत्यु भएको छ । जसमध्ये १०१ जना जाजरकोट र ५२ जना रुकुमका रहेका छन् । भूकम्पमा परेर कैयौं घाईते भएका छन् भने हजारौं घरबार बिहीन भएका छन् ।

Facebook Comments Box

Share Icon