वडाको चौतर्फी विकास गर्दै अध्यक्ष घले
९ माघ, काठमाडाैं । जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फरेको छ । पछिल्लो समय वडा नम्बर १ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष धन ब. घलेले बताउनुभयो । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको वडा अध्यक्ष घलेले बताउनुभयो । पुर्व अध्यक्षको कार्यकालका आधा अधुरा कामहरु सम्पन्न गर्दै नयाँ योजनाहरु सम्पन्न गर्नको लागि कामहरु सुचारु गरेका छौ । स्थानिय तहको निर्वाचन भएर आएपछि सर्वप्रथम वडामा गोरेटो बाटो भन्ने सकडको निमार्ण काम सम्पन्न भएको छ । त्यस्तै कुनै…
