वडाले विकासकाे गति लिदा लाेडसेडिङले हैरान स्थानीयवासी
२१ असाेज, काठमाडाैं । नेपालको प्रदेश नम्बर १ अन्तर्गत पर्ने सोलुखुम्बु जिल्लाको दक्षिण-पश्चिम दिशामा अवस्थित लिखु पिके गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो ।
नेपालको संविधान २०७२ ले अङ्गिकृत गरेको तीन तहको राज्य संरचना बमोजिम स्थानिय तह वर्गिकृत हुँदा सोलुखुम्बु जिल्लाका साविक गाउँ विकास समितिहरु गोली, चौंलाखर्क र भकान्जेलाई समेटेर वि. सं. २०७३ फाल्गुण २७ गते लिखु पिके गाउँपालिका स्थापना गरिएको हो । विश्व सम्पदाकाे सूचीमा सूचीकृत नेपालको पहिचान सर्वोच्च शिखर सगरमाथा यसै जिल्लामा पर्ने हुँदा यस गाउँपालिकाको समेत विशेष ऐतिहासिक महत्व रहेको छ । साेही गाउँपालिकाको क्षेत्रफल १२४.३८ वर्ग किलाेमिटर रहेकाे छ ।
लिखु पिके गाउँपालिकाको भौगोलिक अवस्था :
यस लिखु पिके गाउँपालिकाको पूर्वी सीमानामा सोलुखुम्बु जिल्लाकै सोलुदूधकुण्ड नगरपालिका पश्चिमी सीमानामा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका, उत्तरी सीमानामा सोलुदूधकुण्ड नगरपालिका र उमाकुण्ड गाउँपालिका रहेका छन् भने दक्षिणी सीमानामा ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिका रहेको छ । यो गाउँपालिका प्रदेश नं. ३ सँग सिमाना जोडिएका स्थानिय तहहरु मध्येको एक हो ।
यस गाउँपालिकामा सप्तकोशी नदीको एक सहायक लिखु नदी, किन्जा खोला, घट्टे खोला र खिम्जा खोला पिके क्षेत्र यस गाउँपलिकाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा चिनिन्छ । यहाँबाट विश्वको अग्लो शिखर सगरमाथा लगएताका हिमालहरुको अवलोकन गर्न सकिन्छ ।
यस गाउँपालिकाभित्र आफ्नै मौलिक विशेषता र महत्व रहेका विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको पनि छन । देवी थान,बौद्ध,खबतरी कुल मन्दिर,गुरु रिम्पोक्षे गुम्बा,ओर्गेन साङ छोलिङ गुम्बा,चण्डी स्थान र सेती भुमे मन्दिर लगाएत अरु धेरै धार्मिक स्थलहरु रहेका छन ।
लिखु पिके गाउँपालिका-३ का वडा अध्यक्ष ध्रुव बहादुर बस्नेतले सात वटा खानेपानीकाे आयाेजना डीपीआर भएकाे र जसमध्ये दुई वटा आयाेजनाकाे काम सम्पन्न भएर पनि संचालन गरिएकाे बताउनुभएकाे छ। उहाँले वडा खबरसँग कुरा गर्दै उहाँले बाँकी आयाेजनाकाे काम पनि भइरहेकाे जानकारी गराउनुभएकाे हाे।
सडक बाह्रै महिना संचालन भइरहेकाे पनि उहाँले बताउनुभयाे । व्यवस्थित रूपमा फाेहाेरकाे संकलन गर्ने काम भएकाे पनि उहाँले बताउनुभयाे । साेही वडामा एउटा मात्र स्वास्थ्य संस्था रहेकाे र पाँच शैयाकाे अस्पताल बनाउनका लागि टेन्डर भएर काम सुरू भएकाे पनि उहाँले जानकारी गराउनुभयाे । यहाँका कृषकाे मुख्य खेती अलैंची र आलु भएकाे पनि उहाँले बताउनुभयाे ।
साथै ४० प्रतिशत भू-भागमा मात्र सिंचाइकाे सुविधा रहेकाे पनि उहाँले बताउनुभयाे। तर केही वर्षपछि ७० प्रतिशत भू-भागमा नै सिंचाइ पुर्याउने याेजना रहेकाे उहाँकाे तर्क छ । सामाजिक सुरक्षा भक्ता ९५ प्रतिशत नागरिक आफैं बैंकमा गएर ल्याउने र बाँकीलाई वडाले नै घरमै पुर्याउने काम गरिरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।
यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभएकाे हाे । यस वडामा चार वटा सामुदायिक विद्यालयहरू रहेकाे बताउँदै उहाँले विद्यालय सुधार उन्मुख रहेकाे बताउनुभयाे । कक्षा १ देखि ३ सम्म बाल कक्षा संचालन गरेकाे बताउँदै उहाँले कृषि शिक्षा पनि यसै वर्षबाट संचाल गरिएकाे बताउनुभयाे ।
केन्द्रीय प्रसारण लाइन मार्फत विद्युत वितरण भएकाे तर लाेडसेडिङले स्थानीयवासी हैरान भएकाे उहाँले बताउनुभयाे। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।
पर्यटन क्षेत्रकाे मुख्य पदमार्ग पिके भएकाे उहाँले बताउनुभएकाे छ। जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ३ लाई पालिकाले ३५ लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।
अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष बस्नेतकाे दावी छ।