खानेपानिकाे समस्या समाधान गर्न अहाेरात्र लागीरहेकाे छु : वडा अध्यक्ष बोगटी
१७ बैशाख ,काठमाडाैं । २०१७ सालको राजाको निरंकुश शासन लागु पहे पछि २०१८ सालमा नौबिस ग्राम पंचायत भइ २०१९ सालमा मंगलुसेन गाउ पंच्याय्तको नामबाट नामाकरण भइ २०२२ सालको भूमिसुधार पच्च्यात बजारको दुई तिरको सैन समथर जग्गा हालको जिविस रहेको वरिपरी र मालिका विकास बैक अगाडी रहेको जग्गा र मंगला देवीको मन्दिरलाई जोडी मंगलसेन नामाकरण भएको पाइन्छ ।
२०७१ साल बैशाख २५ गते मंगलसेन नगरपालिका घोषणा गरे पच्च्यात २०७१ साल जेष्ठ ४ गते विधिवत रुपमा स्थापना गरिएको हो । मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन ।
यस वडाका जनप्रतिनिधि बिर्ख बहादुर बोगटी मंगलसेन नगरपालिका २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो।
मंगलसेन नगरपालिकास्थित वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष बिर्ख बहादुर बोगटी।
विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ। विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले वडा सदस्यबाट वडा अध्यक्षमा उहाँलाई अध्यक्षकै रुपमा पत्याएका छन्।
वडामा चालु आर्थिक वर्षमाकाे बजेटबाट ९० प्रतिशत काम सम्पन्न भईसकेकाे र बाकी १० प्रतिशत काम पनि चाडै सक्ने भनेर वडा अध्यक्ष बिर्ख बहादुर बोगटीले उल्लेख गर्नुभयाे ।
वडा अध्यक्ष बिर्ख बहादुर बोगटीले वडा खबरसंग कुरा गर्दै गर्दा भावुक हुदै भन्नुभयाे, ‘ मलाई यति पिडा छ कि म वडा सदस्य नहुदा एउटा टाेलमा पानिकाे समस्या बाट निरन्तर रूपमा दु :ख पाएका स्थानियहरूलाई नजिकबाट निहालेकाे छु उहाँहरूकाे समस्याहरूलाई महसुस गरेकाे छु । खानेपानिकाे समस्या समाधान गर्न अहाेरात्र लागीरहेकाे छु । जसरी हुन्छ स्थानियहरूकाे याे समस्या कसरी समाधान गर्ने भनेर लागेर छु याे वर्षमा समधान गर्ने लक्ष्यका साथ अगाडि बढ्काे छु ।’
यसअघिको कार्यकालमा वडा सदस्यमा रहँदा गरेका गतिबिधि उहाँकाे स्थानियका समस्याप्रतिकाे लगावका कारण जनताले यसपालि पनि बोगटीलाई जिताएका हुन्। पहिलेका आधा, अधुरा रहेका विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेको छ।
उहाले भन्नुभयो, ‘बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू अगाडी बढाएका छौँ।’ उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।
उहाँले पहिलो कार्यकालमा सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै काम भएको तथा काम गर्नपर्ने जानकारी दिनुभयो। उहाँले भन्रुभयो,’स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ।
उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ। जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा सदस्यबाट वडा अध्यक्षमा जिताउनुभयो। जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
क्रमागत रूपमा विकास हुने छ । सबै समस्याहरूकाे सम्बाेधन गर्ने छु । वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।







