तीनकुने हत्या प्रकरण: अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन

Share Icon

३० भदाैं, काठमाडौं । काठमाडौं महानगरपालिका-३२ तीनकुने स्थित गैह्रीगाउँमा शुक्रबार राति चार जनाको हत्या गरिएको घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार राठौरको नेतृत्व रहने समितिमा प्रहरी नायव उपरीक्षकहरू हरि खतिवडा, सुवास खड्का, सुरक्षा केसी र प्रहरी निरीक्षक वीरेन्द्र केसी सदस्य रहने भएका छन् ।

उक्त घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न सो समितिलाई कार्यालयले अनुरोध गरेको छ  ।तीनकुनेस्थित दिव्य सःमिलभित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई जना महिलाको शव फेला परेको थियो ।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राई रहेका छन् ।

उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट लागेको पाइएको छ ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.