३० भदौ, काठमाडाैं । नेकपा एमालेले कर्णाली प्रदेश अधिवेशनका लागि शनिबार प्रतिनिधि छनोट गर्ने भएको छ ।

एमालेले आगामी असोज १० र ११ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने अधिवेशनका लागि शनिबार प्रदेशभर एकै दिन प्रतिनिधि छनोट गर्न लागेकाे हो । प्रदेश अधिवेशनका लागि कर्णालीका १० जिल्लाबाट ५ सय ५४ र एमालेका जनवर्गीय सङ्गठनहरूबाट ५० जना गरी जम्मा ६०४ जना प्रतिनिधि छनोट भएर आउने एमाले प्रदेश कमिटीका प्रचार विभाग प्रमुख सूर्यमणि गौतमले बताउनुभयाे ।

‘प्रतिनिधि छनोट हुँदा एक सय संगठित सदस्य बराबर एक जना प्रतिनिधि आउने मापदण्ड तय गरिएको छ । दलित सदस्यको हकमा ७५ जना बराबर एक जना प्रतिनिधि छनोट हुने छन्,’ गौतमले भने, ‘३३ प्रतिशत महिला अनिवार्य र १० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।’

कर्णालीमा एमालेका ५१ हजार ९९८ जना सङ्गठित सदस्य रहेका छन् । प्रदेश कमिटीमा रहेको वर्तमान पदाधिकारीहरू पनि प्रतिनिधि बन्न पालिकामै जानुपर्ने व्यवस्था गरिएको छ । प्रदेशभरबाट खुल्ला महिलातर्फबाट १ सय ४३, पुरुषतर्फ २ सय ९७, दलित महिलातर्फबाट ३७ जना र दलित पुरुषबाट ७५ जना प्रतिनिधि छनोट हुनेछन् ।

पार्टीका २२ वटा जनवर्गीय सङ्गठनहरू मध्ये २१ वटा सङ्गठनलाई प्रतिनिधि चयनका लागि एमालेले निर्देशनसमेत दिइसकेको छ । ८ वटा जनवर्गीय सङ्गठनले तीनरतीन जना र १३ वटा सङ्गठनले दुईरदुई जना प्रतिनिधि चयन गर्न पाउने छन् । सबै भन्दा बढी प्रतिनिधि सुर्खेतबाट चयन हुनेछन् । १० हजार ५ सय ५८ जना पार्टी सदस्य रहेका सुर्खेतबाट १ सय १२ जना प्रतिनिधि छनोट हुने गौतमले बताउनुभयाे ।

३ हजार ५ सय ८८ पार्टी सदस्य रहेको सल्यानबाट ३८ जना प्रतिनिधि छनोट हुनेछन् । ६ हजार १सय ३ जना पार्टी सदस्य रहेको कालीकोटबाट ६५ जना, ६ हजार ६ सय ५३ सङ्गठित सदस्य रहेको दैलेखबाट ७५ जना र दुई हजार १ सय ७० सङ्गठित सदस्य रहेको रुकुमपश्चिबाट २३ जना प्रतिनिधि छनोट हुने भएका छन् ।

साथै ३ हजार ३१ जना सङ्गठित सदस्य रहेको मुगुबाट ३२ जना, ४ हजार ६ सय ६५ जना सङ्गठित सदस्य रहेको हुम्लाबाट ४८ जना र ६ हजार ८ सय २ जना पार्टी सदस्य रहेको जाजरकोटबाट ७३ जना प्रतिनिधि चयन हुने भएका छन् ।

३ हजार ८ सय ३६ जना सङ्गठित सदस्य रहेको डोल्पाबाट ३९ जना, झ हजार ५ सय ९२ जना सङ्गठित सदस्य संख्या रहेको जुम्लाबाट ४८ जना प्रतिनिधि चयन हुने भएका छन् ।

Facebook Comments Box