Share Icon

१८ फागुन, काठमाडाैं ।  ७ दिने चुरापोते बनाउने तालिम पोखरा महानगरपालिका वडा नम्बर २९ मा बुधबार संम्पन्न भएको छ ।

दीपशिखा महिला कृषि सहकारी संस्था लि. को आयोजनामा भएको कार्यक्रमको प्रमुख अथिति वडा नम्बर २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ हुनुहुन्यो ।

तालिमको समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले अब महिलाहरुलाई माग्ने होईन दिने बनाउनु पर्ने बताउनुभयो ।

यस्ता तालिमको भरपुर सदुपयोग गरि आफ्नो जिविका आफै चलाउने अभियानमा लाग्न सहभागीहरुलाई वडा अध्यक्ष गुरुङको भनाई थियो ।

पोखरा महानगरपालिका वडा नम्बर २९ का सबै महिलाहरुलाई आय सग जोड्ने लक्ष्य अनुरुप यस्ता सिपमुलक तालिम दीपशिखा महिला कृषि सहकारी संस्थाले प्रदान गर्दै आएकोमा धन्याबाद प्रदान गर्नुभयो ।

सहकारीले प्रदान गरेको तालिमले सबै सहभागीलाई केहि हदसम्म सहज हुने साथै व्यवसायिक रुपमा लाग्न उहाँले आग्रह गर्नुभयो । यसमा महानगरपालिका वडा नम्बर २९ साथमा रहेको गुरुङको भनाई छ । वडा अध्यक्ष गुरुङ्गले व्यवहारिक सीपले आर्थिक उपार्जन सहज हुने बताउनुभयो ।

Facebook Comments Box

Share Icon