वडाबासीलाई लक्षित गर्दै योजनाहरु ल्याइएका छौं अध्यक्ष बराल

८ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विष्णु प्रसाद वराल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । यो वडामा विकास निमार्णका कामहरु तीव्र गतिमा भईरहेका छन् ।
पछिल्लो समय वडा नम्बर ५मा विकासले मुहार फेरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा विष्णु प्रसाद बरालले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । यो वडा विकासको गतिले अरु वडा भन्दा तीव्र गतिमा गएको देखिन्छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष विष्णु प्रसाद बरालले बताउनुभयोे ।
वडा अध्यक्ष वराल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
उहाँ पहिले वडामा रहेको सामुदायिक विद्यालयमा विगत लामो समय देखि विद्यालय व्यवस्थापन अध्यक्षको पदमा रहेर समाज सेवा गरेर आएसंसगै विभिन्न संघसस्थामा पनि आबद्ध हुनुहुन्छ ।
उहाँले भन्नुभयो, ” वडामा रहेको बाटोहरु चौडा बनाए साथसाथै स्तरउन्नति गर्ने कामहरु निरन्तर भईरहेको छ । त्यसै गरी वडा कार्यालयको भवनको निमार्ण गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । ”
शिक्षाको क्षेत्रमा वडामा रहेको दुई वटा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर ल्याउनको लागि विभिन्न कार्यक्रमहरु राखेको उहाँको भनाई छ । यो वडा कृषि र खेलकुदले चिनिने वडामा पर्दछ ।
कृषिको लागि कृषकहरुलाई कृषि महासाखाबाट विभिन्न कृषि सम्बन्धि तालिमहरु सञ्चालन गर्ने र सिचाईको लागि कुलो निमार्ण गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।
त्यसै गरी खेलकुदको सन्द्रर्भमा फुटबल,भलिबल,ब्याटमिन्टन सम्पन्न गरे साथसाथै स्थानिय संघसंस्था समन्वय गरेर विभिन्न कार्यक्रम गर्ने योजनामा रहेको वडा अध्यक्ष बरालले जानकारी दिनुभयो ।
त्यसै गरी बाटो सडकको क्षेत्रमा स्तरउन्नति गरे संसंगै बाटो चौडा बनाउने र रीसोलिङ गर्ने कामहरु भईरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, प्रत्येक हप्ता टोल विकास तथा उपभोक्ता समिति मार्फत टोल टोलमा गएर सरसफाई गरिरहेका छौ ।
खानेपानीको क्षेत्रमा घरघरमा सजिलै संग खानेपानीको धारा पुराउनको लागि खानेपानी संघसंस्था संग समन्वय गरेर पाइप लाईन विस्तारको काम भईरहेको उहाँले प्रष्ट पार्नुभयो ।
यो वडालाई वातावरणको वडा भनेर चिनिने गर्दछ , त्यसैले हरियाली वातावरण बनाउन, चौतारा बनाएर बस्नको लागि यो साल सात सँय बोट बिरुवा रोप्ने कार्यक्रम सम्पन्न गरेको वडा अध्यक्ष बरालले बताउनुभयो ।
आफ्नो कार्यकाल भित्र वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अहोरात्र खटिरहनुभएको छ । वडाको समग्र क्षेत्रलाई विकास गर्दै आउनुभएको छ ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ५ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।