Share Icon

९ माघ, काठमाडाैं ।  धनकुटा जिल्ला स्थित धनकुटा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष वाङजा तामाङ बहुमत ल्याएर वडा अधयक्षमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष वाङजा तामाङले बताउनुभयो ।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा ,स्वास्थ्य,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

कृषिको क्षेत्रमा जोड दिदै कृषि व्यावसायिकरण बनाउने योजनामा रहेको छ । त्यस्तै सडक बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै रीङरोडको सडक ढलान गर्ने काम सम्पन्न भएको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकता दिदै बृहत स्वास्थ्य सिविर कार्यक्रमहरु समपन्न गरेका छौ ।

शिक्षाको क्षेत्रमा वडाको पहलबाट शैक्षिक भ्रमणको लागि पोखरा ,मुक्तिनाथ भ्रमणको लागि आर्थिक सहयोग गरेको ,खेलकुदको क्षेत्रमा बजेट छुटटाइएको ,बाल क्लव गठन गर्ने कामहरु भईरहेको छ ।

त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन । उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेका छौ ।

उहाँले भन्नुभयो,आफनो कार्यकालमा वडालाई पर्यटकीय गन्तब्य बनाएर नमुना वडा बनाउने लक्ष्य राखेका छौ ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

। वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon