नयाँ योजनाहरु उपभोक्ता समिति मार्फत गरिरहेका छौंः अध्यक्ष चौधरी

Share Icon

२८ पाैष,काठमाडौं । लुम्बिनी प्रदेशको दाङ जिल्लामा पर्नेे लमही नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । १२ हजार ४ सय ८२ घरपरिवार वसोवास गर्ने यस नगरपालिकामा कुल जनसंख्या ५८ हजार ८ सय ८४ रहेको छ ।

गत वैशाखको स्थानिय तह निर्वाचनमा नगरपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षमा मनोज चौधरीले भारी मत ल्याएर निर्वाचित हुनुभयो ।

अघिल्लो कार्यकालमा बाँकी रहेका योजनाहरु सडक निर्माण र ग्राबेल गर्ने कामहरु आफु निर्वाचित भएर आएपछि सम्पन्न गरिसकेको उहाँले बताउनुभयो ।

उहाँले नयाँ योजनाहरु उपभोक्ता समिति मार्फत काम सुरु भएको र बाँकी रहेको योजनाहरु अनुगमन गरेर टोल विकास र उपभोक्ता समितीमार्फत हुने बताउनुभयो ।

वडामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिँदै हाल विकास योजनाका कामहरु तीव्र गतीमा अघि बढिरहेको पनि जानकारी दिनुभएको छ ।

आफु निर्वाचित हुनु भन्दा अगाडि शिक्षा पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर वडाको रुपमा विकास गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले जखेरा तालमा सहरी विकास मन्त्रालयको सहयोगमा स्वर्गद्धारी दर्शन देखि केबलकार जोडनको लागि सम्झौता भइसकेको  बताउनुभयो ।

लमही नगरपालिकामा मै पर्ने जखेरा ताल दाङ जिल्लाकै एक प्रमुख पर्यटकीय र रमणीय स्थल हो । यस तालमा भित्र र बाहिर गरी जम्मा चार वटा मन्दिर निर्माण गरिएको छ । थारू समुदायको बाहुल्यता रहेकोले यस क्षेत्रमा माघी (माघे सङ्क्रान्ति) र शिवरात्रीमा भव्य मेला समेत लाग्ने गर्दछ् ।

वडा खबरसँगको कुराकानीमा उहाँले भन्नुभयो, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.