सुखि र समृद्धि वडा बढाउने अध्यक्ष कार्की
♦ध्रुब कार्की
२५ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश रामेछाप जिल्ला अवस्थित मन्थली नगरपालिका नेपालको सविधान वमोजिम राज्यको पुनः सरचना हुने क्रममा नेपाल सरकारले २०७३ साल फाल्गुण २७ गतेवाट लागु हुने गरी तत्कालिन नगरपालिकाका वडा सहित पुरानागाँउ, चनखु, गेलु र फुलासी गाँउ विकास समितिलाई समेत समावेश गरी १४ वटा वडा भएको नगरपालिकाको रुपमा स्थापित भएको छ ।
मन्थली नगरपालिका स्थित ५ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा रविन कार्की निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ रविन कार्की, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।
उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
पछिल्लो समय मन्थली नगरपालिका वडा नम्बर ५ ले विकासको फड्को मारिहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष रविन कार्की।
वडा अध्यक्ष कार्कीले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहेको छु ।”
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ५ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर वडामा रहेका साना तिना योजनाहरुलाई सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको उहाँको भनाई छ ।
सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौँ । जे होस् अरूभन्दा ५ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।
वडामा शिक्षा र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष कार्कीले बताउनुभयो ।
वडा अध्यक्ष कार्कीले भन्नुभयो, “हामीले शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन लागीरहेका छौँ, साथै आवश्यकताअनुसार विद्यालयहरुमा प्रविधी तथा भौतीक संरचनाहरु मर्मत गर्दै वडाका विद्यालयहरुलाई समेटेर पालिका लगाएत सरोकारवाला सँग बसेर गुणस्तर शिक्षा बनाउन छलफल गर्दै अघि बढीरहेका छौँ ।”
वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा एक घर एक धारा बनाउने अभियानका साथ वडामा बृहत रुपमा काम भईरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष कार्कीले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर मुख्य सडक बाहेक अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गर्ने काम गरीरहेका छौँ ।”
त्यसैगरी वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजनाअनुसार कार्यतालिका बनाएर स्वास्थ्य भवनबाट बिस दिन र दश दिन स्वयंम सेविका मार्फत जनताको घरदैलोमा गएर सामान्य स्वास्थ्य परिक्षण गर्ने कामहरु गरीरहे सँगै जनताहरुलाई स्वास्थ्य विमामा पनि जोड दिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु च्याउ खेती लगाएत सिलाई बुनाई जस्ता तालिम दिने कार्यक्रमहरु गरीरहेका छौँ ।”
वडा अध्यक्ष कार्कीले भन्नुभयो, ‘वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने छ ।’
५ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ५ का अध्यक्ष कार्कीले बताउनुभयो ।
निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”
उहाँ निर्वाचीत हुनु भन्दा अघि राजनितीक पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष कार्की भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडाबासीहरुको समस्यालाई सामाधान गर्दै वडालाई सुखी र समृद्धि वडा बनाउने लक्ष्य लिएको छु ।”
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर ५ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’







