Share Icon

माघ,काठमाडाैं । पुथा उत्तरगङ्गा गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो

नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गा.वि.स.हरु रहेका छन।

पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हर्क प्रसाद रोका स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

पछिल्लो समय वडा नम्बर ९ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष हर्क प्रसाद रोकाले जानकारी दिनुभयो ।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरेको र काम अगाडी बढिसकेको जानकारी वडा ३ का अध्यक्ष रोकाले बताउनुभयोे ।

सम्रग गाउँमा आवश्यकताका आधारमा कामहरु अगाडी बढेको बताउनुभयो । हाम्रो वडामा खानेपानि र बाटा शिक्षाको समस्या रहेको यसलाई समाधान गर्न हामी लागी परेको अध्यक्ष रोकाले बताउनुभयो ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष रोकाले वताउनुभयो।

वडामा बसेर काम गर्दा चुनौती पनि रहेको छ । तर चुनौतिका बावुजुत हामीले निरन्तर रुपमा लागी परेका छौ । हाम्रो जिम्मेवारी हो ।

समाज सेवा र रोजेको छु समाज सेवामै समर्पित रहने छु । सदैव वडा बासिको हरेक सुख दुखमा साथ दिनेछु हाम्रो वडामा रहेका हरेक समस्याहरु समाधानका लागि निरन्तर लागि रहने छु अध्यक्ष हर्क प्रसाद रोकाले बताउनुभयो ।

त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन । उक्त योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी वडामा अहोरात्र खटिरहेका छौ अध्यक्ष हर्क प्रसाद रोकाले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर ९ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न र निराश हुन दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon