राजापुर नगरपालिका वडा नम्बर ६ ले मनायाे ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस
२४ फागुन, राजापुर । बर्दियाकाे राजापुर नगरपालिका वडा नम्बर ६ काे कार्यालयले लैङ्गकि समानताको बलियो आधार सृर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाएकाे छ ।
वडा अध्यक्ष असराज न्यापानेले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वडामा कुर्ची दाैड, घैटोफोड, सियोमा धागो उनने दौड लगायका कार्यक्रम गरिएकाे हाे ।
वडा अध्यक्ष न्यापानेलेले महिलाहरुको हक अधिकारको लागि आफू सधै लागि रहने बताउनु भयाे। त्यस्तै अन्य वडाले पनि अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
Facebook Comments Box







