Share Icon

सागर परियार

फागुन २४, राजपुर । बर्दियाकाे राजापुरमा लैङ्गकि समानताको बलियो आधार सृर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएकाे छ ।

राजापुर नगरपालिका वडा नम्बर १ देखि १० सम्मका वडा कार्यालयहरुले विभिन्न कार्यक्रम गरी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका हुन्।

आज राजापुर नगरपालिका वडा नम्बर ४ र राजापुर नगरपालिका वडा नम्बर ५ मा राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमकाे उदघाटन गर्नु भएको थियाे ।

कार्यक्रममा आउनु भएका वडा अध्यक्ष तथा विभिन्न वक्तहरुले महिलाहरुको हक अधिकारको लागि आफूहरु सधै लागि रहने बताउनु भएको थियो ।

राजापुर नगरपालिका सम्पूर्ण वडाले यो वर्ष आफैँले आफ्नो वडामा नारी दिवस गर्ने भनेपछि सबैले आफ्ना–आफ्ना वडामा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाएका हुन् ।

कार्यक्रममा विभिन्न खेल, दौड प्रतियोगिता, गुबार फोर, मट्का खोर नृत्य लगायतकाे कार्यक्रम गरिएकाे थियाे ।

Facebook Comments Box

Share Icon