देउराली स्वास्थ्य चौकीमा आईटी प्रविधिबाट बिरामीकाे अभिलेखिकरण
काठमाडाैं । कास्कीकाे रूपा गाउँपालिका वडा नम्बर ५ रहेकाे देउराली स्वास्थ्य चौकीमा आईटी प्रविधिबाट बिरामीकाे अभिलेखिकरण हुने भएकाे छ ।
वडा अध्यक्ष राजन खनालले आजदेखि स्वास्थ्य चौकीमा आईटी प्रविधिबाट बिरामीकाे अभिलेखिकरण हुने बताउनु भयाे ।
त्यस्तै उहाँले प्राथमिक स्वास्थ्य उपचार गर्न आउनेलाई स्वास्थ्य चेक जांच अनुसारको औषधि उपलब्ध गराउने र बिमारीको अवस्था हेरि स्वास्थ्य चौकीको नियम अनुसार स्वास्थ्य सेवा सुबिधा अगाडि बढाइने जानकारी दिनुभयाे ।
स्वास्थ्य चौकी भवनमा रहेका हरेक समस्याको दैनिक अवलोकन गरिने, स्वास्थ चौकी भवनको मर्मत संम्भार र अन्य समस्याको सुधारत्मक कदमकाे लागि गुनासो पेटिका राखिएकाे बताउनु भयाे ।
Facebook Comments Box







