Share Icon

हस्ता विष्ट
२१ वैशाख, काठमाडाैँ । पोखरा महानगरपालिकासंग सिमा जोडिएको फेदीखोला गाउँपालिका गण्डकी प्रदेश को राजधानी पोखरादेखि सबैभन्दा नजिकको गाउँपालिका हो । स्याङ्जाको स्वागतद्वारको रूपमा चिनिएको यस गाउँपालिकाले देशको प्रमुख राजमार्ग सिद्धार्थ राजमार्गलाई समेटेको छ ।

प्राकृतिक, सांस्कृतिक एवम् जैविक विविधताले भरिपूर्ण यस गाउँपालिकाले धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटनको भरपूर सम्भावना बोकेको छ । विश्वकै ध्यान तान्न सफल राष्ट्रिय गौरवको आयोजना गोर्खा स्मारक पार्कदेखि यस गाउँपालिकाका भालुपहाड, बडाचौर, साल्मेडाँडा रामकोट, सिरान्चुली बागे, पञ्चासे राष्ट्रियस्तरमा सुपरिचित पर्यटकीय स्थान हुन् ।

पुरातात्विक धार्मिक पहिचानका रूपमा कालाभैरव नुवाकोट, आरुखर्क दरबार, राम्चेदेवी, शिवालय, बौद्धगुम्बा गाउँपालिकाका गौरव हुन् । हाडीखोर दमाहाढुंगा, नुवाकोट, मट्टिखानबाट सञ्चालित प्याराग्लाइडिङ्ग आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणको केन्द्र रहेको छ ।

गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित फेदीखोला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष श्याम ख्यामनारायण पौडेलले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

फेदीखोला गाउँपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष ख्यामनारायण पौडेल ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पौडेल अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष पौडेल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”

पौडेल वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले सञ्चार व्यवसायमा रहेर काम गरे सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयोे ।

वडा अध्यक्ष पौडेलले भन्नुभयो, ‘ वडामा शिक्षा, स्वास्थ्य र तटबन्धनलाई पहिलो प्राथमिकता दिनुका साथसाथै खोला नालामा तटबन्धन लगाउने कामहरु सम्पन्न भएको छ । ‘

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्न र विपन्न वर्गका विद्यार्थीहरुलाई मध्यनजर गर्दै विद्यालयमा घेराबार लगाउनको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै वडामा रहेका लगभग बाटोहरु कालोपत्रे गर्ने कामहरु सम्पन्न भएको छ । ‘

त्यसै गरी कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै कृषकहरुलाई रासायनिक मलहरु वितरण गरेको र विभिन्न विउँ विजन वितरण गरेकोे उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा बोरीङको निमार्ण गरेर वडाबासीहरुलाई सहजै खानेपानीको व्यवस्था गरेका छौ । ‘

त्यसै गरी महिला तथा युवाहरुलाई लक्षित गर्दैै विभिन्न रोजगारीमुलक कार्यक्रमहरुको व्यवस्था गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

वडा अध्यक्ष ख्यामनारायण पौडेलले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon