खानेपानीकाे शुद्धीकरणमा समस्याः अध्यक्ष विष्ट

१५ असाेज, काठमाडाैं । नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बारबर्दिया नगरपालिका नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिका हो ।
साविक बानियाभार, पदनाहा, मगरागाडी र धधवारसहित ४ गाविस समाहित गरी यो नगरपालिकाको निर्माण भएको हो । यस नगरपालिकामा जम्मा ११ वटा वडाहरु छन् । बारबर्दिया नगरपालिका बर्दिया जिल्लाको मध्य भागमा २८ डिग्री २६ मिनेट देखि २८ डिग्री ३६ मिनेट उतर आक्षांशसम्म र ८१ डिग्री ३० मिनेट देखि ८१ डिग्री ५० मिनेट उतर देशान्तर सम्ममा अवस्थित रहेको छ ।
यस नगरपालिकाकाे सीमाना पूर्वमा बाँसगढी नगरपालिका, पश्चिममा मधुवन नगरपालिका, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र ठाकुरबाबा नगरपालिका तथा दक्षिणमा गुलरिया नगरपालिका रहेको छ । यस नगरपालिकाको घरधुरी संख्या १६ हजार ८ सय ९७ र कुल जनसंख्या ७२ हजार ५ सय ३३ रहेको छ ।
जसमा ३४ हजार १ सय २६ पुरुष तथा ३८ हजार ४ सय ७ महिला रहेका छन ।श्रोतः राष्ट्रिय जनगणना २०७८ हाे । यो नगरपालिका २२६.०९ वर्ग किमी क्षेत्रमा फैलिएको छ भने यसको उचाई समुन्द्री सतहदेखि करिब १७५ मिटरमा रहेको छ । उत्तरमा केही चुरे क्षेत्र र दक्षिणमा तराई रहेको यस नगरपालिकाको अन्य विष्तृत विवरण देहाय अनुसार रहेको छ ।
बारबर्दिया नगरपालिका-९ का वडा अध्यक्ष देवेन्द्र कुमार विष्टले खानेपानीकाे शुद्धीकरण गर्न समस्या भएकाे बताउनुभएकाे छ । टेलिफाेनकाे नेटवर्कमा पनि समस्या भएकाे उहाँले बताउनुभएकाे हाे ।
साथै समग्र रूपमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा विकास निर्माणका काम गर्न समस्या भइरहेको पनि उहाँले बताउनुभयो । वर्षामा सडक संचालन गर्न कठिनाइ छ। सडक बाह्रै महिना संचालन गर्न कृषि क्षेत्रमा आधुनिक तरिकाले खेती लगायतका अन्य क्षेत्रमा पनि काम गर्न कठिनाइ भएकाे उहाँकाे तर्क छ ।
पर्यटन क्षेत्रलाई व्यवस्थित रूपमा अगाडि बढाउने पहल याेजना रहेकाे तर बजेट अभावका कारणले पूरा हुन नसकेकाे उहाँकाे भनाइ छ। आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ९ लाई नगरपालिकाले ५३ लाखको बजेट सिलिङ गरेको उहाँले बताउनुभयो ।
यसका साथै आफैंले सघीय र प्रदेश सरकारसँग ४ कराेड रूपैयाँ ल्याएकाे पनि उहाँले बताउनुभयाे । बजेटकाे अभावका कारण विकास निर्माणका अधिकांश याेजनाहरू पूरा नहुने पनि उहाँकाे भनाइ छ ।
अन्त्यमा निर्वाचनमा ताका जनताकाेबीचमा गरेका प्रतिवद्धता पूरा गर्न कठिन हुने अध्यक्ष विष्टले बताउनुभयाे ।