Share Icon

काठमाडाैं । प्युठानकाे नौबहिनी गाउँपालिकाकाे वडा नम्बर ५ लाई पूर्ण खोप सुनिश्चिता गरिएको छ ।

गाउँपालिकाद्वारा आयाेजित एक आपचारिक कार्यक्रममा वडा नम्बर ५ लाई पूर्ण खोप सुनिश्चिता गरिएको वडा अध्यक्ष दलराज पुन मगरले बताउनु भयाे ।

खोपबाट धेरै किसिमका सङ्क्रमण तथा रोगबाट बच्ने भएकाले हरेक बालबालिकाले नछुटाएर खोप लगाउनुपर्ने उहाँको भनाइ छ ।

खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ । अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीतिअन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु नपर्ने गाउँपालिकाकाे स्वास्थ्य शाखाले जनाएकाे छ ।

खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले अभिभावकले पनि आफ्ना बालबालिका खोप पाए-नपाएको यकिन गर्नुपर्ने र कुनै पनि खोप छुटाउन नहुने वडा अध्यक्ष मगरले बताउनु भयाे ।

Facebook Comments Box

Share Icon