Share Icon

७ कार्तिक,काठमाडौं। हेलम्बु गाउँपालिकाको नामाकरण तत्कालिन हेलम्बु गाविस वर्तमान गाउँपालिकाको वडा नम्बर १ सँग जोडिएको छ । हेलम्बु भन्नाले एउटा गाउँ मात्र नभएर यसले भेगको प्रतिनिधित्व गर्दछ ।

साविकको हेलम्बु गाविसको नाम २०४९ सालको निर्वाचन सम्पन्न भएपछि निर्वाचित पहिलो गाविसले नाम परिवर्तन गरेर हेलम्बु राखेको हो । त्यस अघिसम्म तिम्बुघ्याङ्ग्युल गाविस र तार्केघ्याङ पञ्चायत थियो । यसको अर्थ तिम्बु र घ्याङ्ग्युलको नामबाट तिम्बुघ्याङ्ग्युल रहेको अनुमान गर्न सकिन्छ । ज्यको पुन संरचनासँगै यहाँका ५ वटा तात्कालिन गाविसहरु क्रमश: हेलम्बु, किउल, पाल्चोक, महाँकाल र इचोकलाई मिलाएर हेलम्बु गाउँपालिकाको निर्माण भएको छ ।

यो पालिकामा ७ वडाहरु रहेका छन् । पुनसंरचनामा महाँकाल र इचोक दुवै तात्कालिन गाविसलाई २-२ वटा वडामा विभाजन गरिएकाे छ। हेलम्बु गाउँपालिकाको उत्तरपूर्वमा पाँचपोखरी थाङपाल गाउँपालिका, पश्चिमतर्फ दुप्चेश्वरी गाउँपालिका, नुवाकोट जिल्ला, उत्तर तर्फ रसुवा जिल्ला दक्षिणतर्फ मेलम्ची नगरपालिका पर्दछ । यस पालिकामा विभिन्न जातिका मानिसहरुको बसोबास रहेता पनि ह्योल्मो जातिको बाहुल्यता रहेकाे छ ।

हेलम्बु गाउँपालिका-७ का वडा अध्यक्ष निल बहादुर खड्काले वर्षाका कारण बिग्रिएका स्थानमा सडक मर्मत सम्भारकाे काम भइरहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । वर्षाकाे समयमा सडकमा सवारी साधन संचालन गर्न कठिनाइ भएकाे उहाँकाे भनाइ छ।

यस वडामा रहेका ४ वटा सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तर सुधार उन्मुख हुँदै गएकाे  पनि उहाँकाे भनाइ छ। केही विद्यालयमा विद्यार्थीकाे संख्या न्यून रहेकाे पनि उहाँले बताउनुभयाे । शिक्षकका छाेराछाेरी निजी विद्यालयमा पढाएका कारण सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार हुन कठिनाइ भएकाे उहाँकाे तर्क छ । विद्यार्थीलाई गृहकार्य गर्न लगाउन पनि अभिभाकलाई उहाँले आग्रह समेत गर्नुभएकाे छ। सामुदायिक विद्यालयलाई सुधार गर्नका लागि बाल कक्षा संचालन र समय-समयमा आफैंले पनि अनुगमन गरिरहेकाे उहाँले बताउनुभयाे ।

कृषिमा सम्भावना बाेकेकाे वडा भएकाे पनि उहाँले बताउनुभयाे । यहाँ मुख्य गरी धान, मकै, आलु र तरकारी बढी मात्रमा उत्पादन हुने उहाँकाे भनाइ छ। खेती गर्नका लागि सिंचाइकाे प्रशस्त मात्रमा सुविधा रहेकाे पनि उहाँले बताउनुभएकाे छ। युवाहरू राेजगारीका लागि विदेश गएका कारण अधिकांश खेतबारी बाँझा रहेकाे उहाँले बताउनुभयाे।

फरक प्रसंगमा यदि वडालाई शक्तिशाली बनाउने हाे भनेदेखि यहाँका मानिसहरू राेजगारीकाे खाेजी गर्दै कतै नजाने पनि उहाँकाे तर्क छ। त्यस्तै, वर्षाका कारण खानेपानीकाे वडाका केही घरमा समस्या रहेकाे उहाँले बताउनुभएकाे छ। यस वडामा पानीकाे स्राेत र सुरूङ मार्ग भएका कारण बढी मात्रमा पहिराे गएकाे पनि उहाँकाे भनाइ छ।

युवा लक्षित कार्यक्रमहरू पनि संचालन भइरहेकाे उहाँले जानकारी गराउनुभयाे । युवालाई विदेश जानबाट राेक्नका लागि राेजगारी सिर्जना गर्ने याेजनामा रहेकाे पनि उहाँकाे भनाइ छ। अब बाँझाे रहेका वडाका जग्गा भूमि बैंककाे व्यवस्था गरेर खेती गर्ने याेजना रहेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।पर्यटन क्षेत्रकाे सम्भावना रहेकाे बताउँदै उहाँले वडाभित्र रहेका गुम्बा र मठ-मन्दिरहरूकाे संरक्षण र व्यवस्थापन गर्दै अघि बढ्ने याेजना रहेकाे उहाँले बताउनुभएकाे हाे ।

 साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ।

यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे । नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ७ लाई पालिकाले ५० लाख बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।

अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे अध्यक्ष खड्काकाे दावी छ।

Facebook Comments Box

Share Icon