मधुवन नगरपालिका वडा नम्बर २ ले विकासकाे फड्काे मार्दै

काठमाडाैं । पछिल्लाे सयम लुम्बीनी प्रदेशमा रहेकाे बर्दिया जिल्लाकाे मधुवन नगरपालिका वडा नम्बर २ ले विकासकाे फड्काे मारिरहेकाे छ ।
पछिल्लाे सयम वडा नम्बर २ ले विकासकाे फड्काे मारिरहेकाे वडावासीहरूकाे भनाइ छ । वडावासीका अनुसार अघिल्लाे कार्यकालभन्दा याे कार्यकालकाे दाेस्राे वर्षमै विकासले तीव्र गति लिएकाे छ ।
साेही विकासलाई मध्येनजर गरी जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएकाे छ वडा नम्बर २ का वडा अध्यक्ष आशाराम चौधरी।
वडा अध्यक्ष चौधरीले गत आर्थिक वर्षमा बाकी रहेका आधा, अधुरा विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे जानकारी दिनुभयाे ।
वडा खबरसँग कुरा गर्दै वडा अध्यक्ष चौधरीले विकास निर्माण, कृषि, बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतकाे क्षेत्रमा भइरहेकाे प्रगतिकाे विषयमा जानकारी गराउनु भएकाे छ ।
उहाँले अहिले वडाभित्र शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई विशेष प्रथामिकता दिइएको जाेड दिनुभयाे । उहाँले भन्नुभयो, ‘वडामा शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता दिएर महिला र बाललिकाहरुको लागि हामी काम गरिरहेका छौँ, साथै पूर्वाधार निर्माणलाई पनि विशेष प्राथमिकता दिइएकाे छ।’
त्यस्तै उहाँले वडाभित्र सञ्चालित विकासका ठूला आयोजना अघि बढाइएको बताउनु भयो। वडाका सडक, पुल, कल्भर्ट लगायतका पूर्वाधार धमाधम निर्माण हुन थालेपछि सर्वसाधरण पनि खुसी देखिएका छन्। वडा अध्यक्ष चाैधरीले यस वर्ष वडामा कालाे पत्रे गर्ने याेजना रहेकाे जानकारी दिनुभयाे ।
उहाँले वडामा रहेका स्थानीयवासीको मुख्या पेसा कृर्षि भएकाले कृषिलाई विशेष प्रथामिकता दिइएको बताउनु भयो । कृषिलाई सफल बनाउन सिँचाइकाे लागि विद्युतीयकरणका काम जाेडताेडले भइरहेकाे वडा अध्यक्ष चाैधरीले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे, ‘युवाहरूकाे कृर्षितर्फ आकर्षण बढाउन अनुदानमा सिँचाइकाे लागि माेटर, बिउविजन लगायत कृषि सामाग्री वितरण गरिएकाे छ।’उहाँले सिँचाइ तथा कृषि सामाग्रीहरूका लागि विभिन्न संघ संस्थाबाट सहयाेग मागिरहेकाे जानकारी दिनुभयाे ।
साथै यस वडामा रहेका सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तरकाे सुधार्न विभिन्न काेणबाट प्रयास भइरहेकाे पनि उहाँले बताउनु भयाे ।
उहाँले वडामा धार्मिक सम्पदा निर्माणमा पनि ध्यान दिइएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘जीर्ण मठ मन्दिर, गुम्बा र चर्च निर्माणमा पनि वडाले ध्यान दिएकाे छ।’ साथै उहाँले महिलालाई लक्षित गरी सिलाइकटाइ र क्षमतावृद्दि लगायतका कार्यक्रम तथा याेजना बनाइएकाे बताउनु भयाे ।
उहाँले लक्षित वर्ग दलित, मधेशी, आदीवासी जनजाती तथा निम्म आय भएका वडावासीहरूका लागि विभिन्न कार्यक्रम तथा याेजना बनाइएकाे जानकारी दिनुभयाे ।
त्यसैगरी खेलकुद क्षेत्रलाई बढावा दिन युवाहरूलाई खेलकुद सामाग्री वितरण गरिएकाे उहाँले बताउनु भयाे । वडा विकास निर्माणको काममा एक नम्बरमा रहेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो,’चुनवामा गरिएको प्रतिबद्दताअनुसार नै कामहरू अगाडि बढाइएको छ।’
उहाँले भ्रष्टाचार हुन नदिन हरेक योजनानमा अनुगमनलाई तीव्रता दिइएको बताउनु भयो । उहाँले गरिब, निमुखा तथा निम्न वर्गलाई विशेष ध्यान दिएर योजना बनाइएको बताउनु भयो ।