Share Icon

उमेश दलामी
काठमाडाैं । नेपालगंज उपमहानगर पालिका १२ वि.पिचोकमा विहीबार विहान आगलागी भएको छ ।

बिहान अन्दाजी साढे तिन बजे नेपालगंज महानगरपालिका १२ विपिचोकमा दुई फर्निचर उद्योगमा विद्युत सर्ट भई आगोलागी भएको महानगरीय प्रहरी परिसर नेपालगंजले जनाएको छ।

नेपाल प्रहरी, दमकल र स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासबाट साढे चार बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको फर्निचरका मालिक बताए।

आगोलागीबाट काठ, प्लाई, बन्न लागेको दराज, मेसिन, रंग, ग्यास सिलिण्डर लगायत अन्दाजी ५० लाख एकजना बराबरको घनमाल तथा जिन्सी सामानहरुको क्षति भएका सोएम् फर्निचर संचालकले जनाएको छन् ।

Facebook Comments Box

Share Icon