प्रधान सेनापति शर्मा आज चीन प्रस्थान

Share Icon

१० कार्तिक, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बेइजिङ जानुभएकाे छ।

बेइजिङ जानु अघि प्रधान सेनापति शर्मालाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरेका हुन् । शुक्रबार नै प्रधान सेनापति शर्मालाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी श्री प्रेमध्वज अधिकारी, प्रधान सेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत लगायतको सहभागिता रहेको छ ।

चीन भ्रमणका क्रममा प्रधान सेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ सियाङसानको उद्घाटन समारोहमा सहभागी हुनुहुने भएकाे छ। उहाँको चिनियाँ जनमुक्ति सेनाको सीएमसीका जोइन्ट चिफ अफ स्टाफ जनरल लिउ झेनलीसँग शिष्टाचार भेटघाट हुने भएकाे छ ।

चीनमा रहँदा प्रधान सेनापति शर्माले ग्रेट वाल लगायत बेइजिङस्थित महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको भ्रमण गर्नुहुने भएकाे छ । उहाँ चीनका लागि नेपालका राजदूतले आयोजना गर्ने रात्रिभोजमा पनि सरिक हुनुहुने भएकाे छ।

प्रधान सेनापति शर्मा संघाईको सियान सिटी तथा ग्वानझाओमा रहेको चिनियाँ जनमुक्ति सेनाका विभिन्न इकाई तथा शिक्षण संस्थाहरूको भ्रमण गर्नुहुने भएकाे छ। उहाँ कार्तिक १६ गते स्वदेश फिर्ता हुने नेपाली सेनाले जनाएको छ ।्र

प्रधान सेनापति शर्माको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधान सेनापति भई कार्यभार सम्हाल्नुभएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.