Share Icon

१० कात्तिक, धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका- ६ का ६ वर्षीय छोरा दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको पुष्टि गरे ।

उनीहरुको शव नदीको बीच भागबाट निकालिएको थियो ।

Facebook Comments Box

Share Icon