संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस आइतबार नेपाल आउने

Share Icon

१० कार्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका लागि यहि कार्तिक १२ गते आइतबार काठमाडौं आउनु हुने भएकाे छ ।

परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुहुने कार्य तालिका रहेकाे छ।

उहाँले कार्तिक १४ गते मंगलबार संघीय संसदकाे बैठकलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेकाे छ । जलवायु परिर्वतनले हिमालमा परेको असर प्रत्यक्ष हेर्नुका साथै महासचिव गुटेरेस  लुम्बनी र पोखरा समेत जानुहुने भएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.