Share Icon

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई दिएको छ । पोखरामा बसेको कार्यसमिति बैठकले सचिवको जिम्मेवारी पाठकलाई दिने निर्णय गरेको हो ।

पोखरामा भएको कार्यसमिति बैठकमा सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका थिए । मल्लले यो जिम्मेवारी गत वर्ष मात्र पाएका थिए । त्यसअघि सचिवको जिम्मेवारी अशोकनाथ प्याकुरेलले सम्हालेकोमा उनले राजीनामा दिएका थिए ।

मल्लको राजीनामापछि कार्यसमिति सदस्य पाठकलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । यस्तै,क्यानको साधारणसभा फागुन १४–१५ मा सुर्खेतमा आयोजना हुने भएको छ । पोखरामा बसेको कार्यसमिति बैठकले अर्को महिना वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

नेपाल टी–२० लिगका लागि व्यापारिक तथा रणनीतिक साझेदारीका रुपमा भित्रिएको विवादित भारतीय कम्पनी सेभेन थ्रीसँगको सम्झौता रद्ध गर्नेबारे साधारणसभाले नै निर्णय गर्नेछ ।

Facebook Comments Box

Share Icon