एन्टोनियो गुटेरेस

संसदलाई सम्बोधन गर्नुअघि गुटेरेसले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग भेट्ने

संसदलाई सम्बोधन गर्नुअघि गुटेरेसले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग भेट्ने

१४ कार्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्नुहुने भएकाे छ। मंगलबार दिउँसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रियसभालाई सम्बोधन गर्नुअघि महासचिव गुटेरेसले अध्यक्ष तिमिल्सिनासँग भेट गर्नुहुने भएकाे हाे ।अध्यक्ष तिमिल्सनाको सचिवालयका अनुसार गुटेरेस लुम्बिनीबाट काठमाडौं फर्किए लगत्तै मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेट गर्ने कार्यक्रम रहेको छ । ३ दिने औपचारिक नेपाल भ्रमणमा आएका महासचिव गुटेरेसले मंगलबार संघीय संसदमा सम्बोधन गर्नुहुने भएकाे हाे । गुटेरेसले सम्बोधन गर्ने भएकोले मंगलबारको संसदमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि उपस्थितिका लागि निमन्त्रणा दिइएको छ । आइतबार…
Read More
जलवायु परिवर्तनले पारेकाे असर अवलोकन गर्न नेपालका हिमाली क्षेत्रमा आउँः महासचिव गुटेरेस

जलवायु परिवर्तनले पारेकाे असर अवलोकन गर्न नेपालका हिमाली क्षेत्रमा आउँः महासचिव गुटेरेस

१४ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले परेको असर अवलोकन गर्नका लागि नेपालका हिमाली क्षेत्रमा आउन सुझाव दिनुभएकाे छ। नेपाल भ्रमणका क्रममा अन्नपूर्ण आधार शिविर पुगेर महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण हिम नदीहरु पग्लिरहेको आफूले पाएको बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,- ‘कोप २८ का सहभागीले यहाँ आएर हेर्नुपर्छ । हिम नदीहरु छिटो छिटो पग्लिरहेका छन्। जसले बाढी पहिरो ल्याउँछन् ।’ जलवायु परिवर्तन सम्बन्धी संयुक्त्त राष्ट्र संघको सम्मेलन कोप २८ नोभेम्बर ३० देखि युएईमा हुँदैछ । यहि रुपमा जलवायु परिवर्तनको असर कायम रहने हो भने एक दिन हिमालमा हिउँ नहुने उहाँले बताउनुभयाे । हिउँ नभएपछि नदी…
Read More
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्दै

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्दै

१४ कार्तिक, काठमाडौं ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसदमा सम्बोधन गर्नुहुने भएकाे छ। उहाँ आइतबार तीन दिने औपचारिक नेपाल भ्रमणका लागि आउनुभएकाे हाे । महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई  सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ । उहाँले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको निरीक्षण गर्नुभएकाे थियाे। सभामुख घिमिरेले यसअघि नै सांसदहरूलाई बैठक सुरु हुनुअघि पौने ४ बजेभित्र औपचारिक पोशाकमा संसदमा उपस्थित भइसक्न सांसदहरूलाई निर्देशन समेत दिइसक्नुभएकाे छ। उहाँले सम्बोधन गर्ने भएकाले  मंगलबार बस्ने संसद बैठकमा संवैधानिक निकायका पदाधिकारी लगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि संसदमा…
Read More
राष्ट्र संघका महासचिव गुटेरेसले आज राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेतालाई भेट्दै

राष्ट्र संघका महासचिव गुटेरेसले आज राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेतालाई भेट्दै

१२ कार्तिक,काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार चार दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ । उहाँ प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा आइतबार बिहान १ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएकाे हाे । महासचिव गुटेरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गर्नुभएको हाे। उहाँले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहालसँग उहाँकै कार्यालयमा शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै,आइतबार नै उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि संघीय संसद भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यसैगरि उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठका साथै…
Read More
संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस आइतबार नेपाल आउने

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस आइतबार नेपाल आउने

१० कार्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका लागि यहि कार्तिक १२ गते आइतबार काठमाडौं आउनु हुने भएकाे छ । परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुहुने कार्य तालिका रहेकाे छ। उहाँले कार्तिक १४ गते मंगलबार संघीय संसदकाे बैठकलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेकाे छ । जलवायु परिर्वतनले हिमालमा परेको असर प्रत्यक्ष हेर्नुका साथै महासचिव गुटेरेस  लुम्बनी र पोखरा समेत जानुहुने भएकाे छ।
Read More
गाजामा मानवीय कानूनको उल्लंघन भएको छः महासचिव गुटेरेस

गाजामा मानवीय कानूनको उल्लंघन भएको छः महासचिव गुटेरेस

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लंघन भइरहेको बताउनुभएको छ । उहाँले सर्वसाधारण नागरिकलाई ‘मानव ढाल’ को रूपमा प्रयोग गर्ने हमास लडाकु समूह तथा गाजा क्षेत्र खाली गर्ने आदेशपछि दक्षिणी गाजामा इजरायलबाट भइरहेको बमबारीको आलोचना गर्नुभएकाे हाे। उहाँले अक्टोबार ७ मा इजरायलमा हमासले गरेको आक्रमण शून्यताबाट सुरु नभएको प्रतिक्रिया दिएपछि इजरायली कुटनीतिज्ञहरु रुष्ट भएका छन् । संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूतले महासचिव गुटेरेसलाई राजीनामा दिन आग्रह गरे ।यसैबीच हमासद्वारा अपहरण गरिएका २ सय भन्दा बढी बन्धकहरू अहिले पनि गाजामा हिरासतमा छन् । मंगलबार मात्रै लडाकु समूहले दुई महिलालाई रिहा गरेकाे छ।इजरायलले गाजामा आफ्नो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.