Share Icon

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लंघन भइरहेको बताउनुभएको छ ।

उहाँले सर्वसाधारण नागरिकलाई ‘मानव ढाल’ को रूपमा प्रयोग गर्ने हमास लडाकु समूह तथा गाजा क्षेत्र खाली गर्ने आदेशपछि दक्षिणी गाजामा इजरायलबाट भइरहेको बमबारीको आलोचना गर्नुभएकाे हाे। उहाँले अक्टोबार ७ मा इजरायलमा हमासले गरेको आक्रमण शून्यताबाट सुरु नभएको प्रतिक्रिया दिएपछि इजरायली कुटनीतिज्ञहरु रुष्ट भएका छन् ।

संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूतले महासचिव गुटेरेसलाई राजीनामा दिन आग्रह गरे ।यसैबीच हमासद्वारा अपहरण गरिएका २ सय भन्दा बढी बन्धकहरू अहिले पनि गाजामा हिरासतमा छन् । मंगलबार मात्रै लडाकु समूहले दुई महिलालाई रिहा गरेकाे छ।इजरायलले गाजामा आफ्नो भारी बमबारी जारी राखेको छ ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५ हजार ८ सय बढी प्यालेस्टाइनीकाे मृत्यु भएकाे छ।अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा मृत्यु भएका  इजरायलीहरुको संख्या १ हजार ४ सय भन्दा बढी रहेकाे छ ।

Facebook Comments Box

Share Icon