जलवायु परिवर्तनले पारेकाे असर अवलोकन गर्न नेपालका हिमाली क्षेत्रमा आउँः महासचिव गुटेरेस

Share Icon

१४ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले परेको असर अवलोकन गर्नका लागि नेपालका हिमाली क्षेत्रमा आउन सुझाव दिनुभएकाे छ।

नेपाल भ्रमणका क्रममा अन्नपूर्ण आधार शिविर पुगेर महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण हिम नदीहरु पग्लिरहेको आफूले पाएको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे,- ‘कोप २८ का सहभागीले यहाँ आएर हेर्नुपर्छ । हिम नदीहरु छिटो छिटो पग्लिरहेका छन्। जसले बाढी पहिरो ल्याउँछन् ।’ जलवायु परिवर्तन सम्बन्धी संयुक्त्त राष्ट्र संघको सम्मेलन कोप २८ नोभेम्बर ३० देखि युएईमा हुँदैछ ।

यहि रुपमा जलवायु परिवर्तनको असर कायम रहने हो भने एक दिन हिमालमा हिउँ नहुने उहाँले बताउनुभयाे । हिउँ नभएपछि नदी नाला सुक्ने र मान्छेले पानी नपाउने स्थिति आउने उहाँकाे तर्क छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.