Share Icon

१४ कार्तिक, काठमाडौं ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसदमा सम्बोधन गर्नुहुने भएकाे छ।

उहाँ आइतबार तीन दिने औपचारिक नेपाल भ्रमणका लागि आउनुभएकाे हाे । महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई  सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ । उहाँले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको निरीक्षण गर्नुभएकाे थियाे।

सभामुख घिमिरेले यसअघि नै सांसदहरूलाई बैठक सुरु हुनुअघि पौने ४ बजेभित्र औपचारिक पोशाकमा संसदमा उपस्थित भइसक्न सांसदहरूलाई निर्देशन समेत दिइसक्नुभएकाे छ। उहाँले सम्बोधन गर्ने भएकाले  मंगलबार बस्ने संसद बैठकमा संवैधानिक निकायका पदाधिकारी लगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि संसदमा उपस्थितका लागि निमनत्रणा दिइएको छ ।

मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर लुम्बिनीको अवलोकन सकेर महासचिव गुटेरेसले संसदलाई सम्बोधन गर्न आइपुग्ने कार्यक्रम तय भएकाे छ । महासचिव गुटेरेस फर्किने कार्यतालिका निर्धारण गरिएकाे छ।

Facebook Comments Box

Share Icon