१४ कार्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्नुहुने भएकाे छ।
मंगलबार दिउँसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रियसभालाई सम्बोधन गर्नुअघि महासचिव गुटेरेसले अध्यक्ष तिमिल्सिनासँग भेट गर्नुहुने भएकाे हाे ।अध्यक्ष तिमिल्सनाको सचिवालयका अनुसार गुटेरेस लुम्बिनीबाट काठमाडौं फर्किए लगत्तै मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेट गर्ने कार्यक्रम रहेको छ ।
३ दिने औपचारिक नेपाल भ्रमणमा आएका महासचिव गुटेरेसले मंगलबार संघीय संसदमा सम्बोधन गर्नुहुने भएकाे हाे । गुटेरेसले सम्बोधन गर्ने भएकोले मंगलबारको संसदमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि उपस्थितिका लागि निमन्त्रणा दिइएको छ ।
आइतबार बिहान नेपाल आइपुगेका महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधारशिविर पुगेर लुम्बिनीको अवलोकन सकेर संसदलाई सम्बोधन गर्न आइपुग्ने कार्यक्रम तय भएकाे छ ।
Related posts:

नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्य...

कांग्रेसकाे केन्द्रीय कार्यसमिति सदस्यमा ८ जना मनोनयन

‘चीनकाे विस्तारवादी नीतिविरूद्ध आवाज उठाउन आवश्यक छ’

वडा अध्यक्ष काफ्लेले मनाए विद्यार्थीसँग जन्मदिन, अरुले नी सिक्ने की ?

