Share Icon

१० कार्तिक, काठमाडौं । सुनको मूल्यमा  शुक्रबार नयाँ रेकर्ड कायम भएको छ ।

दशैं लगत्तैको कारोबारमा सुनको मूल्यलेले शुक्रबार नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे । महासघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको छ ।

दशैं अघिको अन्तिम कारोबार कार्तिक ३ गते छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५ सय  रुपैयाँ थियो । दशैंपछि शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ४ सय ५० रूपैयाँ तोकिएको छ ।

Facebook Comments Box

Share Icon