Share Icon

 १ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित पालुङटार नगरपालिका वडा नं.७ का वडा अध्यक्ष अर्जुन ब. कुमालले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन ब. कुमालले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

वडा अध्यक्ष कुमाल भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष कुमालले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडाको टोल टोलमा सामुदायिक भवन बनाउने कामहरु सम्पन्न भइसकेको छ । बाटो सडकको स्तरउन्नति गर्दै पक्कि नालि बनाउने ग्राभेल गर्ने काम पनि तीव्र गतिमा अगाडि बढाईएको छ । ”

त्यस्तै शिक्षाको क्षेत्रमा विद्यार्थीहरुलाई वडाको पहलबाट निशुल्क खाजा खुवाउनको लागि विद्यालयलाई राहत स्वरुप बजेट विनियोजन गरेको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा कृषिलाई पहिलो प्राथमिकता दिदै कृषिलाई व्यवसायमय बनाउनको लागि कृषि उत्पादन बढाउन सिचाईको लागि बाथ बनाएर कुलो निमार्ण गर्ने कामहरु भईरहेको उहाँको भनाई छ । ”

उहाँ पहिले शिक्षक पेसामा आबद्ध हुनुहुन्थ्यो । त्यस कारण वडामा काम गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र वडालाई समेटेर निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।
वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि परिरहने छु । ”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

वडा नम्बर ७ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन ।

Facebook Comments Box

Share Icon