दशैं र तिहारकाेबीचमा विद्युतकाे केन्द्रीय लाइनकाे काम सम्पन्न गर्छुः अध्यक्ष थापा 

Share Icon

८ असोज, काठमाडौं । रामेछाप जिल्लाको उत्तरी भू-भागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचुर सम्भावनाले भरिएको गाउँपालिका हो।

यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठूलो गाउँपालिका हो। जम्मा सात वटा वडा रहेको यो गाउँपालिकाको जनसंख्या १७ हजार ६ सय १ रहेको छ । यो गाउँपालिका ४५१.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। उमाकुण्ड गाउँपालिकाको केन्द्र हाल वडा नम्बर ४ प्रितीको च्यादलुमा रहेको छ ।

उमाकुण्ड गाउँँपलिकाको पूर्वमा सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला,पश्चिममा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका उत्तरमा सोलुखुम्बु र दोलखा जिल्लाा र दक्षिणमा ओखलढुङ्गा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका पर्दछ। भौगोलिक विकटताको कारण यो गाउँपालिकाको समृद्दिमा निकै ठूलो चुनौती देखिन्छ । विकास निर्माणको क्षेत्रमा निकै पछाडी परेको यो गाउँपालिका स्थानीय सरकार आएसँगै विकास निर्माणले गति लिन थालेको छ ।

उमाकुण्ड गाउँपालिकाको समृद्दिको आधार भनेको कृषि,पर्यटन र जलश्रोत नै हो। उमाकुण्ड गाउँपालिका धार्मिक, ऐतिहासिक र रमणीय स्थलले भरिभराउ गाउँपालिका हो । धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने पाँचपोखरी र जट्टापोखरी लगायतका महत्वपूर्ण ताल तलैया प्रवेश गर्ने मुख्य प्रवेशद्वार उमाकुण्ड गाँउपालिकानै हो। त्यस बाहेक उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक तथा धार्मिक स्थल तामेडाँडाक्षेत्र उमातिर्थ मन्दिर , विभिन्न चण्डी मन्दिर लगायतका धेरै ऐतिहासिक तथा धार्मिक स्थलहरु रहेको छन् ।

गाउँपालिकाको प्रत्येक वडामा धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण स्थलहरु रहेका छन् । जलश्रोत को क्षेत्रमा धनि उमाकुण्ड गाउँपालिकामा धेरै सम्भावना रहेको छ ।हाल पनि उमाकुण्ड गाउँँपालिकामा ५ ओटा भन्दा बढी हाइड्रोपावरहरु निर्माण भैरहेको छ । अन्य हाइड्रोपावर निर्माणको लागि सम्भाव्यता अध्ययन लगायतको समेत काम भैरहेको छ।

कृषि र पशुपालनको लागि अत्यधिक सम्भावना रहेको गाउँपालिकाको वडा नम्बर १ गुम्देल लगायत अन्य क्षेत्रमा लोपोन्मुख चौरी पालन व्यवसाय संचालनमा छ । उमाकुण्ड गाउँँपालिकामा कृषिमा आलु किवी अलैंची र चिया लगायतका नगदे बालीको प्रशस्त खेती भैरहेको छ । उमाकुण्ड गाउँपालिका बहुमूल्य जडिबुटीको भण्डारको रुपमा पनि परिचित गाउँपालिका हो।

उमाकुण्ड गाउँपालिका-३ का वडा अध्यक्ष गुणकुमार थापाले दशैं र तिहारकाेबीचमा विद्युतकाे केन्द्रीय लाइनकाे काम सम्पन्न गर्ने लक्ष्य रहेकाे बताउनुभएकाे छ ।अध्यक्ष थापाले शिक्षा, स्वास्थ्य, खानेपानी,यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा काम भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।  साथै सडक बाह्रै महिना संचालन गरिएकाे पनि उहाँकाे भनाइ छ । खानेपानीकाे सवालमा २ सय वटा धारा बनाउने लक्ष्य रहेकाे उहाँले बताउनुभयाे ।

साथै कृषिकाे हकमा एक घर एक करेसाबारीकाे याेजना बनाएर काम भइरहेकाे पनि उहाँले बताउनुभयाे । पछिल्लाे समय देश व्यापी रूपमा फैलिएकाे पशु राेगले यस वडाका पशु पनि अछुताे रहन सकेनन् साेही राेगकाे नियन्त्रण गरेकाे उहाँकाे तर्क छ ।

साथै आर्थिक वर्ष २०८०/ ०८१ को बजेट मार्फत वडा नम्बर ३ लाई पालिकाले ४४ लाख रुपैयाँ दिएकाे तर प्रदेश सरकारले भने कुनै याेजना पनि नहालेकाे पनि उहाँले बताउनुभयाे । त्यस्तै, यस वडामा भित्र्याउनका लागि  पाँचमाने भ्यूटावर बनाउने याेजना रहेकाे अध्यक्ष थापाले बताउनुभयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.