Share Icon

११ माघ काठमाडाैँ । दोलखा जिल्लाको जिरी नगरपालिका वडा नंं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष खेट राज घिमीरे ।

जिरी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष घिमीरेले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

वडा अध्यक्ष चौधरीले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”

पछिल्लो समय वडा नम्बर ३ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडामा खानेपानीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडामा रहेका वृद्धवृद्धाहरुलाई सहज हुने गरी वडा तथा टोल मै भत्ताहरु वितरण गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी वडामा खानेपानीको कामहरु पुरा भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा पच्चीस वटा भन्दा बाख्रा पाल्ने व्यक्तीहरुलाई बाख्राको खोर निर्माण गर्नकोलागी जस्ता लगाएत अन्य सामाग्री उपलब्ध गराएका छौँ ।

त्यसैगरी कृषि क्षेत्रमा वडामै तरकारीहरु उत्पादन गर्ने उद्देश्यका साथ एक सय पचास घरधुरीलाई टनेलको लागी प्लाष्टिक वितरण गर्ने काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

उहाँले दलीतहरुको माग र आवश्यकताअनुसार उहाँहरुलाई पनि छुट्टै बजेट विनीयोजन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले शिक्षा क्षेत्रलाई गुणस्तर र प्रभावकारी बनाउने विद्यालयका प्र.अ. लगाएत अभिभावक र विद्यार्थीहरुसँग छलफल गरेर अघि बढाउने योजनामा रहेका छौँ ।”

उहाँ निर्वाचित हुनु भन्दा अघि विभिन्न सघं संस्थाहरुमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष घिमीरेले भन्नुभयो, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडाबासीहरुको समस्याहरु समाधानका साथ आफ्नो वडालाई समृद्धका साथै नमुना वडा बनाउने लक्ष्य राखेको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैव लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon