Share Icon

♣ हस्ता विष्ट
१४ चैत्र, काठमाडाैँ । देवचुली नगरपालिकालार्इ भाद्र २९,२०७५ मा गण्डकी प्रदेशको प्रथम र नेपालको दोस्रो बालमैत्री नगरपालिका घोषणा भएको छ । नेपालको राजधानी शहर काठमाण्डौँबाट करिव १५० कि.मी.को दुरीमा देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमारहेकोछ ।

साकिका दिव्यपुरी, देवचुली र प्रगतिनगर गा.वि.स.लाईसमावेश गरी नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ वैशाख २५ को निर्णयानुसार घोषित नगरपालिका मिति २०७३ फागुन २७ को नेपाल सरकारको निर्णयबाट साविक रजहर गा.वि.स. समावेश भई गठन भएको नगरपालिका हो ।

नेपालको गण्डकी प्रदेशमा पर्ने यो नगरपालिकाको कुल क्षेत्रफल ११२.७२ वर्ग कि।मी रहेको छ । यसको पूर्वमा गैंडाकोट नगरपालिका, पश्चिममा हुप्सेकोट गाँउपालिका र कावासोती नगरपालिका, उत्तरमा बुलिङटार गाँउपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछन् ।

पूर्वी सिमानाको रुपमा महेन्द्र राजमार्गमा रहेको झरही खोला पश्चिमी सिमानामा सोही राजमार्गको लोकाहा खोला, उत्तरमा १९३३।५ मिटर उचाईको देवचुली डाँडा र दक्षिणमा पवित्र नारायणी नदीको चार सिमाना भित्र पर्ने यो नगरपालिकाको दलदले बजार नवलपरासी जिल्लाको पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार हो ।

क्षेत्री, ब्राह्मण, मगर, तामाङ, नेवार आदि जाजजातिको बसोबास रहेको यो नगरपालिकामा हाल ८८४० घरधुरी र ४७३६८ जनसंख्या रहेको छ । जसमध्ये २३४९२ महिला र २३९६३ पुरुष रहेका छन् भने बालबालिकाको संख्या करिव १६००० छ ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित देवचुली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष होमनाथ पौडेल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

देवचुली नगरपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष होमनाथ पौडेल ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पौडेल अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष पौडेल भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेकोे छ ।”

होमनाथ पौडेल वडा अध्यक्ष निर्वाचित हुनुभन्दा नेपाल शस्त्रप्रहरीमा रहेर देशको सेवा गरेर पहिले वडा सदस्यमा रहेर काम गरे सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

देवचुली नगरपालिका वडा नं. ३ मा वडाबाट ४१ लाख, प्रदेशबाट १० लाख र संघबाट २८ लाख विनियोजन गरिएको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयोे ।

वडा अध्यक्ष पौडेलले भन्नुभयो, ” वडामा शिक्षालाई पहिलो प्राथमिकता दिए साथसाथै वडामा रहेको सामुदायिक विद्यालयमा अध्यन गर्ने गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई निशुल्क गर्ने काम गरेका छौ । ”

त्यसै गरी बाटो सडकको क्षेत्रमा वडामा रहेको बाटोको स्तरउन्नति गर्दै ढलान गर्ने र कालोपत्रे गर्ने योजनामा रहेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

कृषिको क्षेत्रमा कृषि उत्पादन वृद्धि गर्नको लागि बोरीङको निमार्ण गरेर सिचाईको लागि सहज बनाएको वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा एक घर एक स्वास्थ्य विमा गर्ने अभियानका साथ कामहरु अगाडि बढाईरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष पौडेलले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु धेरै रहेका छन् । उक्त योजनाहरु सम्पन्न गर्न अहोरात्र खटिरहेका छौ । ”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

Facebook Comments Box

Share Icon