Share Icon

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका कुशल मल्लले १३ औँ ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई आउट गरेका हुन् ।
उनले लिंगेनलाई ३१ रनमा पेभेलियन फर्काए । यसअघि दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड आउट गरे ।

पहिलो विकेटको रुपमा नामिबियाका निकोलस डाविन रन आउ भएका थिए । नेपालले दिएको १६९ रनको लक्ष्य नामिबिया पछ्याइरहेको छ ।

Facebook Comments Box

Share Icon