Share Icon

हस्ता विष्ट

९ फागुन, काठमाडाैँ ।  गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष दिपक प्रसाद सुवेदी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय वडा नम्बर २१ मा विकास निमार्णका कामहरु तीव्र गतिमा भईरहेका छन् ।

पछिल्लो समय वडा नम्बर २१ मा विकासले मुहार फेरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष दिपक प्रसाद सुवेदी वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष दिपक प्रसाद सुवेदीले बताउनुभयोे ।

वडा अध्यक्ष सुवेदी भन्नुहुन्छ,  “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

उहाँले भन्नुभयो,  ” शिक्षाको क्षेत्रमा विशेष जोड दिदै वडामा रहेका सामुदायिक विद्यालयमा बढि भन्दा बढि विद्यार्थी आर्कषित पार्नको लागि विद्यार्थीहरुलाई वडाबाट राहात स्वरुप छात्रवृत्रिको व्यवस्था गरेका छौ । ”

यो वडा कृषिको लागि निकै नै सम्भाव्यता क्षेत्र रहेकोले कृषि व्यवसाय प्रर्वधन गर्नको लागि कृषकलाई बाख्रा वितरण गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष सुवेदीले प्रष्ट पार्नुभयो ।

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेका स्वास्थ्य चौकीमा सम्पुर्ण स्वास्थ्यका औषधिहरु ल्याउने र स्वयमसेवकहरुलाई काममा उत्साहित गर्नको लागि भ्रमणको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्ण गर्नको लागि बृहत रुपमा काम भईरहेको उहाँले बताउनुभयो । बाटो सडकको क्षेत्रमा वडामा रहेका साना तिना बाटोलाई ढलान गर्ने र कुनै बाटोलाई रीसोलिङ गर्ने योजनामा रहेको वडा अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

उहाँ पहिले विभिन्न सघसंस्थामा आबद्ध रहेर धेरै सामाजिक कामहरु गरेर अहिले वडा अध्यक्षमा रहेर जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरिरहनुभएको छ । त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु व्यवस्था गरेको उहाँले बताउनुभयो । वडाको चौतर्फी विकास गर्नको लागि अहोरात्र खटिरहेको उहाँको भनाई छ ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर २१ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २१ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon