Share Icon

४ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित मादी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पछिल्लो समय कास्की जिल्ला स्थित माछापुच्छे गाउँपालिका वडा नं.७ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ ।

माछापुच्छे गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

उहाँ पहिले बैदेशिक रोजगारीको लागि बाहिर देश गएर आईसके पछि समाज सेवामा लागेर अहिले वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

उहाँले भन्नुभयो,  ” वडामा सबैभन्दा धेरै बाटोमा बजेट विनियोजन गरे साथसाथै बाटो सडकको स्तरउन्नति र मर्मत सम्भार गर्दै ढलान गर्ने, कुनै ठाउँमा सिढी बाटो बनाउने कामहरु सम्पन्न भएको छ । ”

त्यसै गरी आमा समुहको लागि वडामा रहेको सामुदायिक भवनको बाढि पहिलो रोक्नको लागि वाल लगाउने काम सम्पन्न भएको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।

त्यस्तै शिक्षाको क्षेत्रमा गुणस्तरीय शिक्षा कायम गर्नको लागि विद्यालयको भवनको र शौचालयको मर्मत सम्भार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य चौकीको भवनको लागि वडामा आधारभुत स्वास्थ्य केन्द्र निमार्ण गर्ने योजनामा रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

त्यसै गरी वडाको साना तिना खोलामा हिडुल गर्न गारो हुने ठाउँमा काठको पुल बनाउने योजना रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,  ” वडामा खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागि बुहत रुपमा खानेपानीको पानीटयाङकी बनाएर पाइपको लाइनहरु विच्छाउने काम भईरहेको छ । ”

युवाहरुलाई लक्षित गर्दै खेलकुदको लागि मैदानको निमार्ण गर्ने काम सम्पन्न भएको छ । त्यस्तै कृषिको क्षेत्रमा कृषिलाई व्यवसायमय बनाउन सिचाईको लागि कुलो निमार्णको काम भईरहेको उहाँले बताउनुभयो ।

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै सिपमुलक तालिमको व्यवस्था गरेको उहाँले बताउनुभयो । स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर काम अगाडि बढाई रहेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ७ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon