हरिनास गाउँपालिका वडा नम्बर ३ मा १० दिने उद्यमशिलता विकास तालिम सुरु

Share Icon

काठमाडाैं । स्याङजाकाे हरिनास गाउँपालिका वडा नम्बर ३ मा १० दिने उद्यमशिलता विकास तालिम सुरू भएकाे छ ।

वडा अध्यक्ष ओमप्रकाश सिग्देलले आज बिहीबारदेखि १० दिने उद्यमशिलता विकास तालिम सुरू भएकाे जानकारी दिनुभयाे ।

उहाँले गाउँपालिका र उद्याेग तथा पर्यटन कार्यलयको आयोजना तथा साना किसान सहकारीकाे व्यवस्थापनमा आज उक्त तालिमकाे उद्घाटन गरी सुरू गरिएकाे बताउनु भयाे ।

उहाँले यस्ता खालका उद्यमशील तालिमले मानिसलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने हुदाँ अहिलेको अवस्थामा व्यक्ति आफूमा सक्षम बन्न तालिमको महत्वपुर्ण भूमिका रहने बताउनु भयाे।

वडा अध्यक्ष सिग्देलले तालिममा आफुले सिकेका सीप व्यवहार पनि लागू गर्न सहभागीहरुलाइ आग्रह गर्नुभयाे।

तालिममा २० जना युवा उद्यामीहरूकाे सहभागिता रहेकाे वडा कार्यालयले जनाएकाे छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.