Share Icon

काठमाडाैं । नेपाल वायु सेवा निगमले मलेसियाबाट भैरहवा उडानका लागि प्रमोशनल भाडा घटाएको छ।

निगमले मलेसिया–भैरहवा उडानका लागि ११ हजार ४६१ रुपैयाँ भाडादर कायम गरेको छ। यसअघि निगमले मलेसियाबाट प्रमोशनल भाडादर १२ हजार सात सय रुपैयाँ तोकेको थियो।

त्यस्तै, निगमले क्वालालाम्पुर–भैरहवा–काठमाडौंका लागि १२ हजार ३४६ रूपैयाँ तोकेको छ।

निगमले यही जेठ २९ (जुन १२)बाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गर्दैछ। निगमले काठमाडौं–क्वालालाम्पुर हुँदै भैरहवा उडानका लागि भाडादर तोकेरै टिकट बुकिङ पनि खुलाइसकेको छ।

काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ। उक्त जहाज भैरहवाबाट काठमाडौं आउने छ।

भैरहवाबाट तत्कालका लागि निगमले सातामा एक उडान(मंगलबार) गर्नेछ।

बजारको माग तथा बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्ने निगमले जनाएको छ।

Facebook Comments Box

Share Icon