Share Icon

८ फागुन,काठमाडौँ । शिवरात्रिका अवसरमा नेपाली महावाणिज्यदूतावास कोलकाता, अलिपुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शङ्खध्वनिका साथ सुरु भएको कार्यक्रममा दूतावासका कर्मचारीका सन्ततिलगायतले शिवताण्डव, कुमारी नाच, मिश्रित नृत्य आदि प्रस्तुत गरेका थिए ।

त्यस्तै उडिसा जगन्नाथ पुरीको समूहले भजन प्रस्तुत ग¥यो । कार्यक्रममा नृत्यगुरु दिलीप थापा, शुकदेव प्रधान र जनार्दन ढकाल तथा नेपाली वेलफेयर ट्रस्टका अध्यक्ष खिमराज बराल र इन्टरनेसनल वैश्य सोसाइटीका अध्यक्ष सुशीकमार चौधरीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले कोलकातामा रहेका नेपाली समुदायले विभिन्न अवसरमा साहित्यिक, सांस्कृतिक तथा धार्मिक कार्यक्रम आदि आयोजना गरेर नेपाल र भारतको मित्रतालाई प्रवद्र्धन गरिरहेकामा सन्तोष व्यक्त गर्नुभयो । समारोहमा कोलकातामा रहेका नेपाली समुदाय, चिनियाँ र अस्ट्रेलियाली महावाणिज्यदूत, बङ्गलादेशका डेपुटी हाइ कमिसनर, भारत, राज्यसभा सदस्यलगायतको सहभागिता थियो ।

Facebook Comments Box

Share Icon