सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा गणतन्त्र दिवसको अवसरमा शुभकामना अदान प्रदान
काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा १५ औं गणतन्त्र दिवसको शुभकामना अदान प्रदान तथा भित्री सुन्दरता किताब पहिलो अध्यन उत्सव कार्यक्रम सम्पन्न गरेकाे छ ।
वडा कार्यलय र ग्लोबल फेमिली केयर नेपालको अार्थिक सहयाेगमा सम्वनयमा लाली गुराँस सामुदायिक बाल क्लबले १५ औं गणतन्त्र दिवसको शुभकामना अदान प्रदान तथा भित्री सुन्दरता किताब पहिलो अध्यन उत्सव कार्यक्रम सम्पन्न गरेकाे हाे ।
वडा अध्यक्ष राज कुमार तामाङ (रन्जित) ले कार्यक्रम मुक्तक, गजल कविता र नित्य, भित्री सुन्दरता पहिलो किताबको अध्यन औचित्य र विशेषता प्रस्तुतिसहित भित्री सुन्दरता पहिलो किताब अध्यान पूरा गर्ने सम्पुर्ण कल्बका नानीहरुलाई पुरस्कार वितरण गरिएकाे जानकारी दिनुभयाे ।
उहाँका अनुसार गणतन्त्र दिवसको अवसरमा दिप प्रज्वलन गरी शुभकामना अदान प्रदान तथा भित्री सुन्दरता पहिलो किताब सेलिब्रेशन कार्यक्रम सम्पन्न भएको बताउनु भयाे ।







