Share Icon

काठमाडाैं । स्याङ्जाकाे हरिनास गाउँपालिका वडा नम्बर ३ मा अर्गानिक कफि खेती सुरु गरिएकाे छ ।

वडा अध्यक्ष ओम प्रकाश सिग्देलले सरकारी सेवामा आबद्ध रहेका एक जाेडीले वडामा अर्गानिक कफि खेती सुरु गरिएकाे जानकारी दिनुभयाे।

वडा नम्बर ३ मा नेपाल सरकारका उपसचिव डिल्ली राम सिग्देल तथा राधिका रेग्मी दम्पतीले वडामा अर्गानिक कफि खेती सुरु गरेकाे उहाँले बताउनु भयाे ।

उहाँले सामाजिक सञ्जालमार्फत उक्त दम्पतीलाई कफि खेतीकाे सफलताकाे लागि शुभकामनासमेत दिनुभयाे ।

वडा अध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ,आफ्नो जन्मभूमि लाई असाध्यै माया गरी सधैँ नै यो ठाउको विकास सम्वृद्धिको चिन्तन गरिरहने केहि नौलो गर्नुपर्छ, उदाहरणीय बन्नुपर्छ सबैलाई साथसहयोग प्रेरणा तथा हौसला दिनु पर्छ भन्ने सोचले गर्दा लामो समय इमानदार सरकारी कर्मचारीको रुपमा विभिन्न महत्वपुर्ण पदमा रही यो भूगोललाई अविस्मरणिय गुण लगाउनु भएको छ, फेरि एकपटक यहा कुनै अवशर छैन केहि गर्न सकिदैन भन्दै विदेशिनु भएका दाजुभाइ दिदीबहिनीहरुलाई एउटा उदाहरण र प्रेरणा बनोस र आफ्नो ठाउला व्यावसायिक माध्यमबाट देश तथा विदेशमा चिनाउन सकियोस भन्ने उदेश्यका साथ हरिनास गाउपालिका वडा नं ३ मा मग्याम चिसापानी अर्गानिक कफि फार्म शुरु गर्न लाग्नु भएको छ, नेपाल सरकारका उपसचिव (गण्डकि प्रदेश निति तथा योजना आयोग) हाम्रो प्रेरणा को स्रोत दाजु डिल्ली राम सिग्देल तथा भाउजू राधिका रेग्मी ज्युलाई विषेश शुभकामना ट्क्र्याउन चाहन्छु।’

हरिनास गाउपालिकाका अध्यक्ष खिम नारायण मानन्धरको विषेश उपस्थिति वडामा मग्याम चिसापानी अर्गानिक कफि फार्मको वृक्षारोपण शुभारम्भ गरिएको वडा अध्यक्ष सिग्देलले जानकारी दिनुभयाे ।

उहाँले थप्दै लेख्नुभयाे, ‘गाउँपालिका अध्यक्ष र कयौं स्थानिय शुभचिन्तकहरुको उपस्थितिमा मग्याम चिसापानी अर्गानिक कफि फार्मको वृक्षारोपण शुभारम्भ गरिएको छ। अब पक्कै पनि हरिनासमा बाझिएर बसेका जग्गा जमिनहरुको उचित सदुपयोग गर्नेमा सबैको ध्यान जानेछ । सकेसम्म आफ्नै जन्मभूमिमा केही गर्ने प्रेरणा सबैलाई मिल्नेछ र यहाहरुको यो प्रयास पुर्ण सफल र फलदायि रहनेछ, पुन: एकपटक यो कदमको लागि हरिनास गाउपालिका वडा नं ३ को तर्फबाट र व्यक्तिग तर्फबाट सफलताको शुभकामनासहित हार्दिक आभार प्रकट गर्दछु।’

Facebook Comments Box

Share Icon