Share Icon

सागर परियार

बर्दिया राजापुर ।   बर्दियाको राजापुरमा रहेको रेडियो साथी एफएमले जनतासँग जनप्रतिनिधि रेडियो संवाद कार्यक्रम सुरु गरेको छ । राजापुर नगरपालिकको वडा नं ८ का विभिन्न टोलमा जनप्रतिनिधिहरुलाई विकास निर्माणका कुरामा प्रत्यक्ष सहभागि र जवाफदेही बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।

राजापुर नगरपालिकाको वडा नं ८ मा कार्यक्रम गरिरहदाँ विकास निर्माणमा स्थानीयवासीले समेत विशेष चाँसो दिनु पर्ने र यस्ता कार्याक्रमहरु निरन्तर हुनु पर्ने धारणाा राखेका थिए ।

कार्यक्रममा का प्रमुख अथिति वडा न ८ का वडा अध्यक्ष राजेश थारुका अनुुसार यो सम्वाद कार्यक्रमले जनताले राखेका समस्या गर्दा भोलि आफुले वडाको बार्षिक कार्यक्रम बनाउदा ति कमिकम्जोरीलाई सुधार गर्ने मौका मिल्ने र जनता ईच्छा बमोजिम काम गर्न सजिलो हुने बताउनु भएको छ ।

राजापुर कम्युनिकेशन प्रा.लि, द्धारा सञ्चालित रेडियो साथी एफ.एम ९५ मेगाहर्जका सञ्चालक समितिका सदस्य टिकाराम रेग्मीको सभाअध्यक्षतामा गरिएको कार्यक्रममा अन्य अतिथि वडासदस्यहरु वडघर, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

वडा नं. ८ को आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम वडानं का सबै टोलमा हुने भएको छ ।

Facebook Comments Box

Share Icon